|

नदीमा तार्नेक्रममा बगेर आमाछोरी बेपत्ता


कञ्चनपुर, कार्तिक ४ - कञ्चनपुरको महाकालीपारिको चाँदनी गाविस–२ का आमाछोरी गाईगोरु जोगबुढा नदीमा तार्नेक्रममा बगेर बेपत्ता भएका छन् ।

शुक्रबार साँझ गाईगोरुलाई वन क्षेत्रबाट ल्याउँदै गर्दा ३५ वर्षीया आमा शान्तिदेवी मगर र उनकी १२ वर्षीय छोरी जानु मगर जोगबुढा नदीको तीव्र बहावमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बृख रावलले बताए ।

दुवैजना अपराह्न १२ बजेको समयमा नदीमा बगेको भएपनि साँझ मात्रै प्रहरीलाई खबर आएको उनले बताए ।

आज बिहानैदेखि खोजीका लागि एक प्रहरी टोली त्यसतर्फ पठाइएको उनले बताए । नदीमा पुल नहुँदा यहाँका बासिन्दालाई जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । रासस
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 1:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नदीमा तार्नेक्रममा बगेर आमाछोरी बेपत्ता "

Leave a reply