सुर्खेतमा ३० थान सुतलीबम भेटीयो
कृष्ण आचार्य,सुर्खेत कार्तीक ४-सुर्खेतको तरङ्गा–७ हर्रेकाडामा बेवारिसे अवस्थामा ३० थान सुतली बम फेला परेको छ । स्थानीय बासीन्दा जङ्गलमा जाने क्रममा बम देखेपछी प्रहरीलाइ खबर गरेका थिए । स्थानीय बासीन्दाको जानकारी पछी हरिहरपुरको रानीघाटबाट प्रहरी टोली सुरक्षाको लागि त्यहा खटिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सेनाको टोली पनि त्यसतर्फ आइरहेको प्रहरीले जनाएको छ । अरु बम हुन सक्ने भएकोले खोजी भैरहेको त्यहा पुग्नुभएका प्रहरी चौकी रामघाटका इन्चार्ज प्रहरी सहाएक निरीक्षक कुल प्रसाद चौधरी ले जानकारी दिनु भयो । शसस्त्र द्धन्द्धको समयमा राखीएको बम हुन सक्ने प्रहरीले जनाएको छ ।