|

परासीमा बजार अनुगमन सुरु, राति नौ बजेपछि होटल बन्द


परासी असोज  १७ - जिल्लास्तरीय संयुक्त टोलीद्वारा नवलपरासीको सदरमुकाम परासीमा बजार अनुगमन सुरु गरिएको छ ।

चाडपर्व नजिकिँदै जाँदा विभिन्न पसलमा राखिएका वस्तुको मूल्य, समयावधि, तौललगायतका विवरण ठीक छ छैन भनी टोलीले अनुगमन सुरु गरेको हो ।

टोलीले अनुगमनका क्रममा बिक्रीका लागि रोक लगाइएका वस्तुहरु फेला पारी नष्टसमेत गरेको छ ।
उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, पत्रकार, उपभोक्ता मञ्च,  खाद्यान्न परीक्षणसम्बन्धी कार्यालय, प्रहरी, प्रशासन र घरेलु तथा साना उद्योगका प्रतिनिधिसहितको टोलीले बजार अनुगमन गरेको हो  ।

टोलीले वस्तुको बढी मूल्य लिने, समयावधि नाघेको वस्तु बेच्ने, अखाद्य वस्तु  मिसाउने र प्रतिबन्धित वस्तु बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने उपभोक्ता मञ्चका अध्यक्ष टीकाराम गैरेले बताउनुभयो  ।

यसैबीच दसैँ नजिकिँदै जाँदा प्रहरीले राति ९ बजेपछि जिल्लाका सबै होटल व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ  ।

Posted by Butwalonline on 4:36 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "परासीमा बजार अनुगमन सुरु, राति नौ बजेपछि होटल बन्द"

Leave a reply