|

कालिकामा उच्च मा बि बुटवलमा नव आगन्तुक बिद्यार्थीको स्वागत

बुटवल, आश्विन १७-कालिका उच्च माध्यमिक बिद्यालय बुटवलमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थिहरुले नव आगन्तुक कक्षा ११ का बिद्यार्थिहरुलाई स्वागत गरेका छन्|

स्वागत कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य घनश्याम पाठकले शिक्षकहरुको मेहनत,बिद्यार्थीहरुको लगनशिलता र अभिभावकहरुको सहयोगले गर्दा कालिका पश्चिम नेपालकै उत्कृष्ट शैक्षिक संस्था बन्न सकेको र यसको गरिमालाई अझ उच्च राख्न सबैजना आ-आफ्नो कर्तब्यमा अडिग हुनु पर्ने बताउनु भयो| उहाले बिद्यार्थीहरुको चाप र चाहनाको सम्मान गर्दै आउदो शैक्षिक सत्र देखी स्नातक तहका कक्षाहरु संचालन गर्ने योजना गरिएको जानकारी दिनु भयो| 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले कालिका उ मा वि ले गुणस्तरिय शिक्षा प्रदान गर्न सकेकोले नै नेपालका १४ अंचलका विभिन्न ४३ वटा जिल्लाका करिव सात सय पचास बिध्यार्थीहरु +२ तहमा अध्ययन गर्न आएको बताउनु भयो. कार्यक्रममा रामचन्द्र छेत्रि, तौलन लोध लगाएत ले बोल्नु भएको थियो|

बिद्यालयमा आयोजित स्वागत कार्यक्रममा बिद्यार्थिहरुले रोचक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए| कार्यक्रममा बिद्यार्थिहरुले आफ्ना साहित्यिक रचनाहरु समेत वाचन गरेका थिए |नरेन्द्र बोहराको अध्यक्षता र सिर्जना खनालको स्वागत मन्तव्वमा शुरु भएको कार्यक्रमको संचालन शर्मिलाबश्यालले गर्नु भएको थियो|

Posted by Butwalonline on 3:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कालिकामा उच्च मा बि बुटवलमा नव आगन्तुक बिद्यार्थीको स्वागत"

Leave a reply