महिला र दिगो शान्तीको आधार कार्यक्रमको भैरहवामा समिक्षा
रुपन्देही ,असोज २४ - सन २००८ बाट सुरु भएको महिला र दिगो शान्तीको आधार कार्यक्रमको भैरहवामा समिक्षा गरीएको छ । डिसेम्बर बाट सकिन लागेको कार्यक्रमले जिल्लामा के कस्ता कामहरु संम्पन्न गरेको छ भन्ने बिषियमा बिभिन्न क्षेत्रका ब्याक्तीहरु संग छलफल र कार्यक्रममा सहभागी कर्मचारीहरुको अनुभव आदान प्रदान गरीएको थियो । कार्यक्रममा सहभागीले नमुना एकिकृत बिकास परिषद अन्तरगत रुपन्देहीमा संञ्चालीत कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका बिभिन्न समुदायका ब्याक्तीहरुको समस्या उजार र समाधान गर्नमा सकृय सहभागीता देखाएको बताएका थिए ।
सो अवसरमा बोल्:दै नमुना एकिकृत बिकास परिषदकी अध्यक्ष ज्ञानु पौडेलले कार्यक्रम सकिएता पनि त्यस कार्यक्रमहरुका उदेश्यहरुलाई अन्य कुनै योजनाहरुमा समाबेश गराएर कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । चालु आर्थिक बर्षको तिन महिनाको अवधीमा १७ वटा महिला यौन जन्य हिंम्शाका घटनाहरु हुहुले महिला हिंम्शाका घटना न्युनिकरण र कार्बाही प्रकृयामा लैजानमा सहयोग पुराउनका लागी पनि कार्यक्रम आबस्यक भएको बताउनु भयो ।
महिला यौन हिम्शाका घटनाहरुमा कार्यक्राले धेरै लाई न्याय दिएको बताउदै आगामी दिनमा कार्यक्रम नरहेको अवस्थामा त्यस खालका मुद्धाहरुलाई नमुनाले नहेरी बस्न नसक्ने बताउदै अन्य कुनै माध्यमबाट भए पनि त्यस कार्यक्रमका उदेश्यहरुलाई समेटेर कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा स्थानिय बिकास अधिकारी नारायण ज्ञवाली , जिल्ला शिक्षा कार्यालयका उपसचिव तिर्थ राज पंण्डीत , नागरीक आवाजका अध्यक्ष शोभा बस्नेत , लक्ष्मी न्यौपाने , केयर नेपालका टिम लिडर सरिता कार्की , शान्ती समितीका अध्यक्ष महेन्द्र यादव , सेलर्डका सुर्य अधिकारी , संञ्चारीकाकी अमृता अनमोल , शान्ती दुतहरु अनिता चौधरी , बिजय पाठक , मथुरा सुबेदी , बिष्णु कुवर लगायतले आ आप्नौ भनाई राख्नु भएको थियो । कार्यक्रम रुपन्द्येहीको १४ गाबिस र एक नगरपालीकामा संञ्चालनमा आएको थियो । कार्यक्रममा शान्ती दुत भएर काम गरेका कर्मचारीहरुलाई संम्मानीत गरीएको थियो ।
