भैरहवामा लागु पदार्थ बिरुद्ध जनचेतनामुलक ऱ्याली संम्पन्न
रुपन्देही ,असोज २४ - बुद्ध सामुदायिक सेवा समाज सिदार्थनगर वडानं ४, ६, १० र ११ को आयोजनामा भैरहवामा लागु पदार्थ बिरुद्ध जनचेतनामुलक ऱ्याली संम्पन्न भएको छ ।समाजको कार्यालय गल्लामण्डी बाट बिभिन्न् जनचेतनामुलक ब्यानर पम्लेट सहित निस्कीएका ऱ्यालीले वडाका बिभिन्न भागहरु कचरी , सिसवा , एयरर्पोट लगायतका स्थानहरुको परिक्रमा गरेको थियो । रुपन्देहीका प्रहरी प्रमुह हरी बहादुर पालको प्रमुख आथित्यतामा संम्पन्न कार्यक्रममा समाजका सल्लाहकार दिपक क्षेत्री न्यौपाने , अध्यक्ष दिलीप कुमार मल्लीक ,उपाध्यक्ष नागेन्द्र रौनीयार , सदस्य बिरेन्द्र नाथ श्रीवास्तब लगायतले लागु पदार्थका बिरुद्धमा समाजले गर्नु पर्ने भुमीकाहरुका बारेमा आ आप्नौ भनाई राख्नु भएको थियो ।
