संसारकै अति चर्चित एटलान्टिक होटेल दुबईमा दसै साँझ
निमकान्त पाण्डे युएई,युएई, यही 23 अक्टोबर 2012 का दिन संसारकै अति चर्चित एटलान्टिक होटेल दुबईमा दसैं शुभकामना सहित एटलान्टिक नेपाली दशैँ साङीतिक साझ भव्यरुपमा सम्पन्न भएको छ । अति चर्चित होटेलमा कार्यरत नेपालीहरु को संयोजकत्वमा जुमेरा भिलेजमा सम्पन्न कार्यक्रममा बिभिन्न कलाकारहरुले आ आफ्नो प्रस्तुती देखाएका थिए । गैर-आबसीय नेपाली संघ युएईका आध्यक्ष चन्द्र रोका प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघ शाखा युएईका कार्यबाहक उपाध्यक्ष निमकान्त पाण्डे, बिष्णु आचार्य (sineor chos chef) , mr. senifar सेनीफर डाईरेक्टर अफ आईटी एटलान्टिक होटेल, क्रिसिना रहनु भएको थियो ।
राष्टिय गान बाट सुरु गरिएको कार्यक्रमलाई दिप्ती राई र सुदिप बिडारीले आज यसरी हामीले बिदेशमा परिवारको रुपमा बिजया दशमी मनाउन पाउदा निकै हर्षित हुदै अग्रजी र नेपाली दुवै भाषामा संचालन गर्नु भएको थियो । कार्यक्रमलाई स्थानीय कलाकारहरुले ज्यादै आकर्षक र मनोरन्जक बनाएका थिए भने नेपालको पर्यटन द्धश्यलाई साइटमा भिडियो मार्फत निरन्तर देखाई रहेको थियो ।
कार्यक्रमलाई उद्घाटन दिप प्रज्वलन गर्दै अध्यक्ष रोकाले नेपालीहरुको महानपर्ब बिजया दशमीको शुभकामना दिने सुबर्ण मौका मिलेकोमा खुसि व्यक्त गर्दै एन आर एन युएईले पनि नेपालीका लागि नेपाली भन्दै सहयोग गर्दै आएको अब आउदा दिनहरुमा हामी सगै मिलेर आगाडी बढ्नलाई यस क्षेत्रमा कार्यरत साथीहरुले पनि हातेमालो गर्नु हुनेछ भन्ने बिश्वास लिएको बताउनु भयो ।
ड्रीम़ी लोप्चनको शुभकामना मन्तब्य बाट सुरु गरिएको कार्यक्रमलाई " चिनजान थिएन चिनी नहाले जस्तो चिन जान भयो अब फुलको माला गासे जस्तो " भन्दै बिदेशमा रहेर पनि हामी यसरी बिजया दशमी मनाउन पायौ भन्दै आयोजक टिमका बिष्णु आचर्य,बद्री कोईराला,राज गुरुङ,अर्जुन के सी,दिनेश दाहाल,केशब चौलागाई,साबित सिलाल,सन्ध्य प्रधान,बिरबहादुर पुरी,बल पुन,सुदिप बिडारी,दिप्ती राई,ड्रीम़ी लोप्चन,धरम थापा,र बिष्णु पौडेल रहनु भएको थियो । म हु नेपाली बाबु मेडीन नेपाल भन्दै सुरुमै अर्जुन केसीको नृत्यले कार्यक्रमलाई उत्साहा थपेको थियो भने मन त् मेरो नेपाली हो भन्ने गीतलाई भरत ले स्वर दिनु भएको थियो ।
युएईमा रहेको मूल घर डिजेको प्रस्तुतिमा दर्शकहरु उफ्री उफ्रि नचेका थियो । हिमाल पहाड तराइमा हुने र शहर देखि गाऊ सम्म गरिने नेपालीको दसैको झल्को आउने गरि भब्य रुपमा सम्पन्न कार्यक्रमलाई अल-अलिया एक्चने र नजिकैको मार्केटले पनि प्रायोजक गरेको थियो ।