|

मुस्ताङमा तीन पर्यटकको मृत्यु

मनोज घर्तीमगर, पोखरा, कात्तिक ९ -घुमघामका लागि मुस्ताङ पुगेका तीन पर्यटकको नदीमा खसेर र लेक लागेर आज बिहीबार मृत्यु भएको छ। मुस्ताङगको जोमसोमस्थित कालिगण्डकीमा रहेको काठेपुलबाट नदीमा खसेपछि २५ वर्षीय  इजरायली नागरिक कोहेन क्रेनको मृत्यु भएको हो। क्रेनलाई कालिगण्डकीले करिब ३ किलोमिटर तलसम्म बगाएको थियो।

यस्तै धौलागिरी हिमाल आरोहण गरेर फर्केका जर्मन नागरिक एलके हेइनिङ र अर्का परिचय नखुलेका बिदेशी नागरिकको लेक लागेर ज्यान गएको हो।

म्याग्दी हुँदै धौलागिरी हिमाल आरोहण गरेर मुस्ताङको हिँडन भ्यालीमा आइपुगेपछि लेक लागेर ५३ वर्षीया हेइनिङ र परिचय नखुलेका व्यक्तिलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ।

यसैबीच आज दिउँसो हेमजा गाबिस वडा न.-१ कास्की तिब्बतियन क्याम्प नजिकै पोखराबाट बेनी तर्फ जादै गरेको ना.३ ख ५१२९ नं. को बस र बाग्लुङबाट नारायणगढतर्फ आउँदै गरेको ना.३ ख २६२७ नं. को बस एक आपसमा ठोक्किदा बसमा सवार १२ जना घाईते भएका छन्।

तीमध्ये हेम्जा -२ कास्कीका २६ वर्षिय समिर लावत ना.३ ख- २६२७ बसका चालक, बसका सह चालक सल्यान गाविस -९ का ३५ वर्षिय सम्भु थैव र हेम्जाकै सुस्मिता पौडेलको अवस्था गम्भिर रहेको छ। उनीहरु सबैको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।

अन्य १२ जना घाईतेहरुको पोखराको साहरा हस्पिटल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भई रहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
स्रोत : नागरिक 

Posted by Butwalonline on 3:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुस्ताङमा तीन पर्यटकको मृत्यु"

Leave a reply