|

कपिलवस्तुको हथौसा सामुदायिक वनमा भकाभक नील गाई मर्न थाले


कपिलवस्तु, २३ असोज,कपिलवस्तुको हथौसा सामुदायिक वनमा भकाभक नीलगाई मर्न थालेका छन् । सो वनमा एक साता भित्र तीन वटा नीलगाई मृत अवस्थामा फेला परेका  छन् । एउटा बछेडा सहीत तीन नीलगाई वन भित्र रहेको घोलाको किनारमा मृत अवस्थामा भेटिएका हुन ।

वन कार्यालय स्रोत अनुसार बिषको सेवनबाट नील गाईको मृत्य भएको हो । वनका उपभोक्ता तथा स्थानीयबासीले बदेल मार्नका लागि बिष मिसाएर राखिएको घास खाएर ती नीलको मृत्यु भएको थियो । शरीरमा घाउचोटको कुनै निशान छैन यसबैबाट बिष खाएरै नीलगाई मरेको पुष्टी हुन्छ वन कार्यालयका एक कर्मचारीले भने । केही दिन यता जंगलमा बदेलको संख्या बढेको तथा आफहरुलाई बदेलले दुख दिईरहेको स्थानीयबासीको भनाई छ । वन उपभोक्ता समितिका पदाधिकारीले भने बिष नराएिको दाबी गरेका छन् ।

भकाभक नीलगाई मर्न थाले पछि वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पाख्रेलेको नेतृत्वमा गएको टोलीले मरेको निल र वनको अनुगमन तथा निरीक्षण गरेको थियो । प्रमुख पोख्रेलले सो बिषयमा वनका उपभोक्तासंग छलफल गर्दै वन्यजन्तु संरक्षणमा जुटन आग्रह गरेको थिए । पहिलो पटकलाई नमार्न अनुरोध गरेकाछौ अटेर गरे वन जन्तु संरक्षण एने अनुसार कारबाही गर्नेछौ उनले भने ।

Posted by Butwalonline on 7:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुको हथौसा सामुदायिक वनमा भकाभक नील गाई मर्न थाले"

Leave a reply