|

न्यू होराइजन कलेजको विद्यार्थीद्धारा अस्पतालमा सरसफाई


बुटवल, असोज २३ । न्यू होराइजन कलेजको बिएस्सी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सरसफाई गरेका छन् । सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न तथा वातावरणीय सरसफाई सम्बन्धीचेतना जगाउन कार्यक्रम गरिएको संयोजक सुजन शाहले बताए । सरसफाईकार्यक्रममा बिएस्सी दोस्रो वर्षमा अध्ययनरत ३० जना विद्यार्थी सहभागी थिए । विद्यार्थीहरुले अस्पताल परिसरमा रहेको फोहर संकलन गरी त्यसको व्यवस्थापन गरेका हुन् ।

सरसफाईको शुभारम्भ गर्दै कलेजका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीहरुको समाजप्रति पनि दायित्व बताउँदै कलेजले यस्ता रचनात्मक कार्यमा सधै सहयोग गर्ने बताए । त्यस अवसरमा परिवार नियोजन संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश कुमार जोशी, अञ्चल अस्पतालकी गिता ज्ञवाली, विद्यार्थी सन्तोष पौडे। विएस्सी कोडिनेटर तारानाथ भट्टराइ ललगायतले बोलेका थिए ।

Posted by Butwalonline on 6:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्यू होराइजन कलेजको विद्यार्थीद्धारा अस्पतालमा सरसफाई"

Leave a reply