|

माइ ब्रदर को च्यारिटी सो बाट रुदै निस्किए दर्शक


नेपाली चलचित्र माइ ब्रदरले अनाथ बाल-बालिकाहरुको सहयोगार्थ च्यारिटी शो गरेको छ |

अशोज २६ गते देखि प्रदर्शनमा आउने चलचित्र माइ ब्रदर पारिवारिक र युवा युवतीहरुको प्रेम कथा लाई समेटेर निर्माण गरिएको चलचित्र हो |
चलचित्र को निर्देशन बिष्णु भट्टराईले गरेकाछन भने मैना भण्डारी र सरु भट्टराईको संयुक्त लगानी रहेको चलचित्र माइ ब्रदरको सह निर्माता रामचन्द्र भट्टराई हुन् |

 बुटवलको मिलन चलचित्र मन्दिरमा च्यारिटी गरिएको सो चलचित्र हेर्न आएका दर्सक हरुले मन छुने खालको र फरक धारको चलचित्र भनेकछन भने कतिजना त चलचित्र हेरिसकेपछि रुदै रुदै हल बाट निस्किएका थिए|बाल मनोबिज्ञानलाई समेत चलचित्रमा जोडिएको कथामा बाल कलाकारको पनि सबैले अत्यन्तै तारिफ गरे | उक्त च्यारिटी पश्चात माइ ब्रदर्को माउथ पब्लिसिटी राम्रो भएको कारण पनि सम्भावना बोकेको चलचित रहेको बुझिएको छ | को बन्छ कलाकारको बिजेता लक्की दीपक, सुमिना घिमिरे, रमेश बुढाथोकी, अनिश कंडेल, रोजन न्यौपाने को साथमा बिसेष भूमिकामा जीवन
लुइँटेल पनि रहेकाछन|

Posted by Butwalonline on 6:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माइ ब्रदर को च्यारिटी सो बाट रुदै निस्किए दर्शक"

Leave a reply