|

भारतीय सवारी रोकको निर्णय नसच्याए नाकाबन्दी गर्ने मधेसीदलको चेतावनी

परासी, आश्विन १५ - नेकपा-माओवादी को निर्णय प्रति दुई मधेसीदल मधेस जनअधिकार फोरम नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टीले भारतिय गाडि नेपालमा प्रवेश र हिन्दी चलचित्रहरु चल्न नदिने निर्णयको विरोध गरेका छन् ।

उनीहरुले नेकपा- माओवादीको निर्णयविरुद्ध सोमबार परासी बजारमा चक्का जाम   समेत गरेका छन् । माओवादीको सो निर्णय मधेस र मधेसी विरोधी भएको भन्दै दिउँसो १२ बजे देखी १ बजेसम्म सदरमुकामको बुद्धचोकमा चक्का जाम गरेका थिए ।

माओवादीले निर्णय नसच्याए आफुहरुले त्यसको प्रतिकार गर्दै मधेश ठप्प पारेर नाकाबन्दी गरिने चेतावनी समेत दिएका छन् । बन्द पछि कोणसभा लाई सम्बोधन गर्दै समाजवादी पार्टीका जिल्ला अध्यक्ष राधेश्याम यादव र फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले माओवादीको त्यो निर्णयको कडा प्रतिवाद गरेका थिए ।

मधेस र मधसी जनतासाँग जोडिएको हिन्दी भाषा र सवारीसाधनमा बन्देजले मधेश प्रभावित हुने भएकोले त्यसको प्रतिवाद स्वरुप आफुहरु विरोधमा उत्रेको बताएका थिए ।

Posted by Butwalonline on 6:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय सवारी रोकको निर्णय नसच्याए नाकाबन्दी गर्ने मधेसीदलको चेतावनी"

Leave a reply