सिमेन्ट कारखानाका मजदूरको करेन्ट लागेर मृत्यु
भैरहवा, असोज १५- रुपन्देहीको मैनाहिया-४ मा रहेको विशाल सिमेन्ट कारखानामा आज बिहान ९ बजे एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।मृत्यु हुने सक्रौनपकडी-७ भूअरीका २२ वर्षीय सञ्जय मौर्य रहेको बेथरी प्रहरीले जनाएको छ। मृतक मौर्य विशाल सिमेन्ट कारखानामा दुई महिनादेखि विद्युत्सम्बन्धी काम गर्दै आएका थिए। ३० मिटरमाथि विद्युत्को काम गर्दागर्दै उनलाई एक्कासी करेन्ट लागेको थियो।
शव पोस्टमार्टमका लागि भैरहवा भीम अस्पताल पठाइएको प्रहरी नायब निरीक्षक खेमबहादुर घर्तीले बताए।
नायब निरीक्षक घर्तीका अनुसार मृतकको परिवारलाई जीवन बिमाको तर्फबाट रु तीन लाख र कारखानाको तर्फबाट रु ७५ हजार दिने निर्णय गरिएको छ।