|

दंशैमा शिक्षकले पूरै तलव नपाउने


गुल्मी,१५ असोज, गुल्मीका शिक्षकहरुले दाशैमा पूरै तलव नपाउने भएका छन् । राजनितिक सहमति जुट्न नसक्दा सरकारले ल्याएको एक तृतीयांश वजेटको कारण रकम अभाव भएकोले शिक्षकहरुले दशैमा अपुरो तलवमा चित्त बुझाउनुपर्ने भएको जिल्ला शिक्षा कर्यालय गुल्मीले जनाएको छ ।

शिक्षाकार्यालयको वार्षिक बजेट र कार्यक्रम सम्बिन्धि अभिमुखिकरण गोष्ठीमा जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले एक तृतीयांश मात्र वजेट आउदा जिल्ला शिक्षा कार्यालय अन्तर्गत हुने अन्य कार्यक्रमहरु पनि प्रभावित भएको बताउनुभयो । जिल्ला शिक्षा कार्यालयका लेखापाल राम बहादुर सोमरेले दाशै भत्ता सहित पााच महिनाको तलव खुवाउनुपर्ने भएपनि तीन महिनाको तलव मात्रै पुग्ने बताउनुभयो । दाशैमा पूरै तलव नपाउनेभएपछि शिक्षकहरु भने चिन्तित बनेका छन् । दाशैमा तलवको आशमा धेरै व्याबहारहरु गरीने भएपनि चाडपर्वको बेला यसरी पूरै तलव नपाउदा पारीवारीक समस्या पर्ने नेटा दर्लिङ्ग उच्च माविका प्राचार्य तेज बहादुर सुनारले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयका अनुसार तृतीयांश वजेटमा प्राथमिक तहका शिक्षकहरुको तलव भत्ताको लागी ११ करोड ९१ लाख २० हजार ५ सय ४०, मावि तथा निमाविका शिक्षकहरुको लागी ५ करोड ९५ लाख ३० हजार र साधरण १९ लाख ४६ हजार रकम विनियोजन भएको छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्यालले एक तृतीयांश वजेटकै कारण भौतिक सुविधा विस्तार, साक्षरता तथा निरन्तर शिक्षा, शिक्षक शिक्षा तथा विकास लगायतका शिर्षकमा वजेट विनियोजन नभएको वताउनुभयो ।

Posted by Butwalonline on 6:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दंशैमा शिक्षकले पूरै तलव नपाउने"

Leave a reply