दुई बच्चा इनारमा खसेपछि आमा पनि हाम्फालिन्
बारा,असोज १५ -बाराको भतौडा-८ मा आज बिहान आफ्ना दुई छोरा खसेपछि आमा पनि हाम्फालेकी छिन्। बिहान साढे ११ बजे ४ वर्षका गोलु पटेल र ६ वर्षका नविन पटेल खेल्ने क्रममा घर नजिकै रहेको पानी लिने सार्वजनिक इनारमा अचानक खसेका थिए।
बच्चा खसेको थाहा पाउने बित्तिकै उनीहरुलाई बचाउन आमा आशादेवी पटेल पनि इनारमा हाम्फालिन्। बच्चाहरुको मृत्यु भए पनि प्रहरी र स्थानीयको सहयोगमा आमालाई जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ।
स्रोत :नागरिक न्यूज
