|

यति एयरलाईन्सको जहाज चरासंग ठोक्कियो,सकुशल आकस्मिक अवतरण


कास्की, आश्विन १५ - पोखराबाट काडमाडौंकालागि उडेको यती एयरलाइन्स को विमान चरासंग ठोक्किएको छ । उडेको  ५ मिनेट भित्रै चरासंग ठोक्किएपछि विमानलई फर्काएर पोखरा विमानस्थलमै सकुशल अवतरण गराइएको छ ।

पोखराबाट ३ बजेर ४५ मिनेटमा उडेको विमानमा चरा ठोक्किए लगत्तै पाइलटले फर्काएर सुरक्षित रुपमा पोखरा विमानस्थलमा अवतरण गराएको यती एयरलाइन्स पोखराका प्रमुख राम लामिछानेले जानकारी दिए । 'पाइलटले सुरक्षित रुपमा जहाज अवतरण गराएकोले कुनै घटना हुन पाएन,' लामिछानेले भने,  'विमानमा पनि कुनै क्षति पुगेको छैन ।'

विमानमा स्वदेशी तथा विदेशी गरी २५ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार रहेको लामिछानेले बताए । गत शुक्रबार लुक्काका लागि उडेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै चिलसँग ठोक्किएर दुर्घटना हुँदा ७ नेपाली सहित १९ जनाको मृत्यु भएको थियो ।
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 5:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यति एयरलाईन्सको जहाज चरासंग ठोक्कियो,सकुशल आकस्मिक अवतरण"

Leave a reply