दुर्घटनामा घाइते फोटो पत्रकार गुरुङको स्वास्थ्य लाभको कामना
पोखरा, १५ असोज ।राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय सदस्य तथा जिल्लाका सल्लाहकार फोटो पत्रकार समूहका केन्द्रीय सदस्य फोटो पत्रकार राम गुरुङ मोटरसाईकल दुर्घटनामा परेर घाईते हुनुभएकोमा राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
समूहका सचिव प्रदीप पौडेलद्धारा आज विज्ञप्तिमा गुरुङ्गको यथाशीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । पोखराको नयााबजारमा आइतबार उहाा चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको अर्को मोटरसाईकलले ठक्कर दिदा उहाको हात च्यापिएर फ्याक्चर भएको छ । उहाले केही दिन आराम गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।
