|

अरिङगाले टोक्दा एकै परिवारका २ जनाको मृत्यु

सोलुखुम्बु असोज १५ - सोलुखुम्बुको सोताङमा अरिङगाले टोक्दा एकै परिवारका २ जनाको ज्यान गएको छ । सोताङ ३ का ईन्द्र बहादुर राईको ९ बर्षको छोरी विनिता राईको उपचारको लागी स्वास्थ्य चौकी सोताङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो भने घाईते भएका उनका चार बर्षका भाई शुसिल राईको उपचारको क्रममा आज बिहान ३ बजे सोताङ स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

आफ्नो घर अगाडी खेलिरहेको अबस्थामा अरिङगालले टोकेको उनका बुबा ईन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । घाईते दुबैलाई घरेलु उपचार गरी अस्पताल ढिला लगेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 8:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अरिङगाले टोक्दा एकै परिवारका २ जनाको मृत्यु "

Leave a reply