|

पश्चिमाञ्चल स्टुडेन्ट लिगको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


बुटवल ,असोज २५-पश्चिमाञ्चल स्टुडेन्ट लिगको आयोजनामा सम्पन्न बृहत अन्तरक्रिया कार्यक्रम बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।निजि विद्यालयहरुले शिक्षालाइ व्यापारीकरण गरिरहेको र शिक्षालाइ कमाइ खाने भांडोको रुपमा रुपान्तरण गरिरहेको कार्यक्रमका अतिथी तथा नेकपा माओवादी रुपन्देही जिल्ला सह इन्चार्ज नेत्र नारायण शर्माले बताए ।  त्यसैगरि रुपन्देही प्याब्सनका विनोद प्रसाद ज्ञवालीले सबै निजी विद्यालयहरुले व्यापार नगरेको बताए । उनका अनुसार सामान्य रुपमा एउटा निजी विद्यालयले दुइ जना मात्रै विद्यार्थीहरुलाइ छात्रावृत्तिको व्यवस्था गर्न सके पनि सयौं गरिब तथा जेहेनदार विद्यार्थीहरुलाइ राहत हुने कुरा बताए ।

त्यसैगरि विद्यार्थीहरुले यसरी स्वतन्त्र रुपमा विद्यार्थी संगठन मार्फत यस्ता किसिमका एजेण्डा बोकेर हिंडन पक्कै पनि सहज छैन भनेर क्रान्तिकारी पत्रकार महासंघका रुपन्देही जिल्ला अध्यक्ष रेशम प्र बुढाले बताए । हरेक कुरा चाहे विद्यालय वा अन्य संघसस्थामा राजनिति हाबी हुनाले शिक्षामा मात्र नभएर प्रत्येक क्षेत्रमा नकारात्मक रुपमा असर पारेको लिगका केन्द्रिय अध्यक्ष अनिल आचार्यले बताऐ । आचार्यका अनुसार बजारमा सस्तो मुल्यमा पाइने कपि पनि स्कुलको छाप लगाए पछि दोब्बर तेब्बर तिर्न परेको  बाध्यात्मक परिस्थिती रहेको बताए । कार्यक्रममा बुटवल बहुमखि क्याम्पसका सहायक क्याम्पस प्रमुख यम प्रसाद शर्मा,अनेरास्वियुका विद्यार्थी नेता शेषकान्त पोखरेल, रुपन्देही उद्योग संघका  नारायण प्रसाद भण्डारी,लक्ष्मण खरेल लगायतले शुभकामना तथा मन्तव्य राखेका थिए ।
       
कार्यक्रम अनिल आचार्यको अध्यक्षता , सन्दिप कुमार गुप्ताको सञ्चालन , केशव ढुंगाना , मनिष पाल को स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 5:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल स्टुडेन्ट लिगको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a reply