|

नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई युएइमा प्रबासी नेपाली संघद्वारा भब्य स्वागत

उत्तम अधिकारी ,आश्विन १५  - २०६९ , दुबइ (युएइ) - हालै आइसीसी वर्ल्ड क्रीकेट लिग डिभिजन -४ जितेको नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई प्रबासी नेपाली संघ युएइका पदाधिकारी तथा सदस्यहरूको साथमा पत्रकार सहित को टोलीले युएइमा  भब्य स्वागत गरेको छ । राष्ट्रिय क्रीकेट टोली युएइमा असोज १७ देखि २४ सम्म हुने एसिसी ट्रफी एलिटमा खेल्न आश्विन १५ गते राती ११ बजे एयर अरबियाको उडान मार्फत युएइको शारजाह एयरपोर्ट उत्रेको हो ।

एयरपोर्टमै राष्ट्रिय क्रीकेट टोलीलाई स्वागत गर्न पुगेका प्रवासी नेपाली संघ युएइका तर्फबाट केन्द्रिय सचिब श्याम पाठकले पुष्प गुच्छा सहित टीम मेनेजर उत्तम कुमार कर्माचार्य , प्रशिक्षक पुबुदु दासनायके तथा टीम क्याप्टेन पारस खड्का लगायत सिंगो टीमलाई सुखद युएइ बसाईंका लागि शुभकामना दिनु भएको थियो । क्रीकेट टोलीका सम्पुर्ण सदस्यहरूलाई प्रबासी नेपाली महिला संघ युएइका सम्योजक सीता भुर्तेल तथा सदस्यहरू उर्मिला कंडेल र सरस्वती कोइरालाले खादा ओढाइ स्वागत गर्नु भएको थियो । उक्त अबसरमा संघका केन्द्रिय उप सचिब गितामणी पाण्डे तथा केन्द्रिय सदस्यहरू प्रकाश कोइराला, श्याम कंडेल र युबराज भुसालको समेत उपस्थिती रहेको थियो । 

संघका सचिब श्याम पाठकले राष्ट्रिय क्रीकेट टोलीको हौसला बढाउनको लागि एयरपोर्टमै स्वागत गर्न पुगेको र उचित समय मिलाएर उहाँहरूलाई संघको तर्फबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो । उक्त अबशरमा टीम मेनेजर कर्माचार्य , प्रशिक्षक दासनायके तथा क्याप्टेन पारस खड्काले युएइमा उत्रिने बित्तिकै नेपाली समुदाय बाट स्वागत गरि टीमको हौसला उच्च बनाई दिनु भएकोमा खुशी ब्यक्त गर्दै प्रबासी नेपाली संघ युएइलाई धन्यबाद् दिनु भएको थियो ।साथमा अन्नपूर्ण पोस्टका सम्बाददाता दामोदर भण्डारी पनि आउनु भएको थियो |







Posted by Anonymous on 7:42 AM. Filed under , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई युएइमा प्रबासी नेपाली संघद्वारा भब्य स्वागत"

Leave a reply