|

वातावरणीय सन्तुलन कायम गर्न बन संरक्षण गर्न आवश्यक


रुपन्देही ,असोज २४ - जिल्ला बन कार्यलय रुपन्देहीका अधिकृत दिपक ज्ञवालीले सामुदायिक बनहरु समुदायको पहुाचमा हुनुपर्ने बताउनुभएको छ । समुदायमा रहेका हरेक ब्यक्तिको लगाब सामुदायिक बनमा रहने हो भने त्यसको प्रतिफल सकारात्मक आउने ज्ञवालीले बताउनुभयो । बुधबार देवदहका बिभिन्न सामुदायिक बन र सामुदायिक बनले गरेका कामहरुको अवलोकन गर्दै ज्ञवालीले वातावरणीय सन्तुलन कायम गर्नका लागि पनि सामुदयिक बन संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । पछिल्लो क्रममा बन क्षेत्र उजाड बन्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै ज्ञवालीले पछिल्लो पुस्ताले समेत बनको उपभोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसका लागि यूवा तथा बालबालिकाहरुलाई समेत सामुदायिक बन संरक्षण तथा बृक्षरोपणमा सक्रिय बनाउनुपर्ने बताउनुभयो । अबलोकनका क्रममा अधिकृत ज्ञवालीले प्रगति सामुदायिक बन घोडाहामा निर्माणाधिन प्रगति पार्कमा लगाईएका बिभिन्न जातका बोट बिरुवा तथा पार्कको निर्माण बारे जानकारी लिनुभएको थियो । त्यस्तै देवदह ३ मा रहेको शिवालय सामुदायिक बन तथा सो ठाउामा रहेको शिवशक्ति कबुलियति बन, युगज्योति माबिका बिद्यार्थीहरु द्धारा निर्मित युगज्योति बोटानिकल गार्डेन, देवदह ६ मा रहेको हरियाली सामुदायिक बन लगाएत क्षेत्रको अबलोकन गर्नुभएको थियो ।

सो अवसरमा जिल्ला बन कार्यलयका सहायक बन अधिकृत यज्ञमुर्ति खनाल, ईलाका बन कार्यलय शितलनगरका सहायक बन अधिकृत बसन्तबाबु श्रेष्ठ, गाउा बन सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी लगाएत देवदह स्थीत राजनितिक दलका प्रतिनिधिहरु,सामुदायिक बनका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो

Posted by Butwalonline on 5:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वातावरणीय सन्तुलन कायम गर्न बन संरक्षण गर्न आवश्यक"

Leave a reply