|

पोखरामा प्रधान कार्यालय रहेको गरिमा बिकास बैंकले शाखा विस्तार गर्दै


बुटवल ,असोज २४ -आफ्नो चौंथा वर्षमा ७ वटा शाखा एकै साथ सञ्चालनको तयारी गरेको छ ।कास्की, स्याङ्गजार र पाल्पामा सेवा प्रदान गर्दै आएको सो बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतीमा रुपन्देही, कपिलबस्तु, नवलपरासी, दाङ्, पर्वत, बाग्लुङ्ग र तनहुमा थप ७ वटा शाखा विस्तार गर्न लागिएको बैंकले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

हालसम्म पोखरा, स्याङ्गजा र पाल्पामा गरी ७ वटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सो बैंकले रुपनदेहीको
भैरहवा, कपिलबस्तुको जितपूर, पर्वतको कुश्मा, फलेबास र हुवास तथा कास्कीकै पोखरा बाटुलेचौरमा २५ गते बिहिबार र रुपन्देहीको बुटवलमा २६ गते सुक्रबार शाखा कार्यालय उद्घाटन गर्ने बैंकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी गराए ।
उनले बैंकले शाखा बिस्तार गरेपछि आफूहरुको सेवाबाट सेवाग्राहीले धेरै लाभ लिन सक्ने बिश्वास पनि व्यक्त गरे ।

त्यस्तैगरी अधिकृत पुंजी १ अर्व तथा जारी एवं चुक्ता पुंजी २० करोड रहेको बैंकको आर्थिक वर्ष २०६८/०६९ को मुनाफाबाट २५ प्रतिसत नगद लाभांस तथा १० प्रतिसत बोनस शेयर समेत २५ प्रतिसत लाभांस वितरणका लागि राष्ट्र बैंकले स्वीकृती प्रदान गरेको पनि उनले जानकारी दिए । बैंकले गत आर्थिक वर्षमा १८ प्रतिसत लाभांस वितरण गरेको थियो । पत्रकार सम्मेलनमा बैंकले आर्थिक वर्ष २०६८/०६९ मा ७ करोड ८९ लाख ८७ हजार रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको र हाल सम्म करिव २ अर्व २५ करोड निक्षप संकलन गरी १ अर्व ८५ करोड रुपैंया कर्जा लगानी गरेको पनि जानकारी गराईयो ।

Posted by Butwalonline on 4:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा प्रधान कार्यालय रहेको गरिमा बिकास बैंकले शाखा विस्तार गर्दै"

Leave a reply