कपिलवस्तुको बाणगंगा उच्च माबिमा युवा सुचना केन्द्रको स्थापना
कपिलवस्तु, २ कार्तिक-कपिलवस्तुको गजेहडा गाबिस स्थित बाणगंगा उच्च माबिमा स्थापना गरिएको युवा सुचना केन्द्रको एक समारोहका बिच उद्घाटन गरिएको छ । शिक्षा कार्यालयका उप सचिव बावुरामा भट्टराईले मैन बत्ती बालेर केन्द्रको उद्घाटन गरेका हुन ।
नेपाल परिवार नियोजन कपिलवस्तु शाखाद्धारा संचालित स्वास्थ्यका लागि मानव संशाधन परियोजना अन्र्तगत स्थापना भएको सो केन्द्रले किशोर किशोराहरुको शारारिक, मानसिक तथा संबेगात्मक विकासमा सहयोग पुग्ने सो अवसरमा उप सचिव भट्टराईले बिश्वास ब्यक्त गरे । केन्द्रमा परामर्शका लागि यौन तथा प्रजनन स्वास्थ्यका बिषयका किताबहरु, दुई वटा केबिन, कम्प्युटर, कुर्ची, कार्पेट लगायतका दुई लाख बढीका सामाग्री प्रदान गरिएको परियोजना प्रमुख कोमलराज शर्माले बताए । केन्द्रमा थप दुई लाखका सामग्री हस्तान्तरण गरिने उनले बताए । अभिषेक क्षेत्रीको अध्यक्षता र राम प्रसाद पौडेलको संचालनमा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य नन्दकिशोर शुक्ल, चक्रपाणि अर्याल, संघका युवा संयोजक बिकास पोख्रेल, गौतम कार्की, दीपलाल दास लगायतले बोलेका थिए ।यस अघि सोही परियोजना अन्र्तगत पकडी स्वास्थ्य चौकीमा केन्द्रको स्थापना भईसकेको छ ।
