|

भारतबाट खरीदगरी सोझै भंसार तिरेर मल ल्याउनपाउनुपर्ने किसानहरुको माग


वृजराज कुशवाहा, नवलपरासी ,कार्तिक २-चिनी, चामल र अन्य उपभोग्य वस्तु जस्तै रासायनिक मल पनि उपभोक्ता आफैले भारतबाट किनी सोझै भंसार तिरेर ल्याउन पाउनुपर्ने माग उठेको छ ।

किसानलाई चाहिएको बेलामा मल नपाउने र वर्षेनी बिना मल बाली रोप्नुपर्ने बाध्यता झेल्दै आएका नवलपरासीका किसानहरु सरकारले पर्याप्त मल दिन नसकेपछि जोडदार रुपमा माग उठाएका हुन् । नवलपरासीमा रहेका कुल किसानका लागि ४ हजार मेट्रिक टन यूरिया, २ हजार मेट्रिक टन डिएपी र ४७ मेट्रिक टन पोटास मल आवश्यक पर्ने जिल्ला कृषि कार्यालय नवलपरासीले जनाएको छ । तर आपुर्ति भने एकदमै न्युन रहेको मलखाद अधिकृत ईश्वरी न्योपानेको स्विाकारोक्ति छ । आ.व.२०६९/७० मा ४ हजार मेट्रिक टन यूरिया चाहिएको अवस्थामा २ सय मेट्रिक टन मात्र आपुर्ति भएको छ । यो मात्रा भने कुल आवश्यकताको ५ प्रतिशत मात्र हो । त्यस्तै २ हजार मेट्रिक टन डिएपीको माग रहेकोमा मात्र २ सय मेट्रिक टन मल मात्र आपुर्ति भएकोले किसानलाई नपुगेको कृषि कार्यालयको भनाई छ ।

कार्यक्रम माहुरी होम कपिलवस्तुका केन्द्रिय सदस्य एवम पत्रकार वृजराज कुशवाहाको अध्यक्षतामा परासीमा आयोजित मलखादको समस्या समाधानका लागि अन्तरक्रिया तथा पैरवी कार्यक्रममा सो कुरा उठेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पर्शृुराम अर्याल प्रमुख अतिथी हुनुहन्थ्यो ।

Posted by Butwalonline on 6:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतबाट खरीदगरी सोझै भंसार तिरेर मल ल्याउनपाउनुपर्ने किसानहरुको माग"

Leave a reply