|

दशैमा ५० करोड बढी रेमिट्यान्स भित्रियो गुल्मीमा


सीता भण्डारी गुल्मी । दशैकोलागि असोज १ गतेदेखि कार्तिक १ गते सम्म विभिन्न मुलुकबाट गुल्मीमा ५० करोड भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । निजी क्षेत्रबाट गुल्मीमा पहिलो वित्तिय संस्था रेसुङ्गा विकास बैंकमा रेसुङ्गा विकास वैंकको प्रधानकार्यालय तम्घास र यसका  ६ वटै शाखामा   २३ कराड ६० लाख हिजो सम्म रेमिट्यान्स भित्रियो बैंकका प्रमुख कार्यकारी अधिकृत सार्जन भट्टराईले भने सुक्रबार सम्म २५ करोड भन्द बढि  भित्रिने देखिन्छ ।

सो रकम पठाउने संख्या ५ हजार जना र प्रया धेरै जसो खाडी मुलक रहेको उनले बताए । जिल्लाको पुरानो रेमिट्यान्स कारोबार गर्ने संस्था सेन्चुरी ईन्टरनेशनल तम्घास लाकुरी मञ्चले असौज १ गतेदखि आजसााझसम्म ११ करोड ३७ लाख ३० हजार रेमिट्यान्स भित्रिएको संचालक तेजेन्द्रकुमार श्रेष्ठले बताए ।

जिल्लाको अर्को दोश्रो ठुलो वित्तीय संस्था गुल्मी विकास बैंक तम्घासमा असौज १ गतेदेखि हिजोसम्म ७ करोड ९ लाख ५९ हजार भित्रिएको प्रवन्धक चिरञ्जीवी शर्मााले बताए । राष्ट्रिय बाणीज्य बैकमा सवा २ करोड भित्रिएको शाखा प्रवन्धक झपटबहादुर राना भाट जानकारी दिए । प्रवन्धक सन्तोष रायमाझीले दिएको जानकारी अनुसार दशैं भित्रिए लगत्तै काष्ठमण्डप डेवलपमेण्ट बैक रिडी शाखामा २ करोड रेमिट्यान्स भित्रिएको छ ।

एसविआई बैक तम्घास शाखामा भारतबाट मासिक सरदर  ७० लाख भारतिय अवगास प्राप्त सेनाको पेन्सन र अन्यले यस महिनामा २ करोड रेमिट्स भारतबाट पठाउने गरेका छन् । खातमा सिधै रकम आउछ प्रबन्धक सुदिप खड्काले भने हामसंग एकिन डाटा नभएपछि यो डाटा केन्दै संग मागोर दिदै छु । हिमाल रेमिट तम्घास भिमचोककी प्रबन्धकका यमकला पाण्डेले दिएको जानकारी अनुसार उक्त रेमिटमा  १ करोड १ लाख ३१ ह्जार ८ सय ५० रकम भित्रिएको छ ।

गत वर्षबाट मात्र तम्घासमा कारोवार सुरु गरेका फेवा फाईन्नस्, भृकुटी विकास  बैक, बैंक अफ काठमाण्डौले पनि गत असौज महिनामा ५० लाख भन्दा बढी रेमिट्स भित्राएका छन् । फेवामा असौज १ गतेदेखि हिजोसम्म ६० लाख १९ हजार ८ सय भित्रिएको शाखा प्रबन्धक कालिदास पाण्डेले जानकारी दिए ।  भृकुटीमा करिव १ करोड भित्रिएको शाखा प्रवन्धक भुवन पाण्डेले बताए । बैक अफ काठमाण्डौमा ७० लाख भित्रिएको शाखा प्रबन्धक विमल श्रेष्ठ बताउाछन । सवै जोड्दा गुल्मीमा गत एक महिनामा कुल ५० करोड २३ लाख २० हजार ८ सय ५० रुपैया हुन आउाछ । यसका अलवा गुल्मी घर भई अन्य जिल्लाका वित्तिय संस्थाबाट रेमिट भुक्तानी लिनेहरु पनि छन् । त्यस्तै मानिसहरु घर आउादा साथी भाई संग हस्ते रकम पठाउने रकमलाई आाकलन गदौ दशै तिहारमा झण्डै एक अरव रेमिट गुल्मीमा भित्रिने देखिएको छ । धेरै जसो रेमिट खाडी मुलुकबाट भित्रिएको वित्तिय संस्थाहरु बताउछन ।

Posted by Butwalonline on 6:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दशैमा ५० करोड बढी रेमिट्यान्स भित्रियो गुल्मीमा "

Leave a reply