दशै तिहारको आगमनसंगै संगै जिल्लामा तस्करी बढदै
किरणमान बज्राचार्य,कपिलवस्तु , २ कार्तिक-दशै तिहारको आगमनसंगै संगै जिल्लामा तस्करी बढदै गएको छ । चााडबाडमा उपभोग्य वस्तुहरुको माग दोब्बर हुने हुदा अहिले यहा तस्करी निकै मौलाएको छ । भारत बाट विना भन्सार यहा कपडा, चिनी, मसला, तेल लगायतका दैनिक उपभोग्य वस्तुहरु व्यापक मात्रामा नेपाल भित्रीरहेका छन् ।
कृष्णनगर भन्सार कार्यालय , मर्यादपुर छोटी भन्सार नाका, हथिहवादोहनी, रंगपूर लगायत एक दर्जन बढि सीमाना क्षेत्रहरु बाट भन्सार छलेर सामाग्रीहरु नेपाल भित्रिरहेका छन् । विगत केहि दिन यता शशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले भन्सार छलेका अधिकांश सामाग्रीहरु यिनै नाका बाट पक्राउ गर्ने गरेका छन् ।
चाडबाड संगै यहाा कालोबजारी फस्टाएपछि दैनिक उपभोग्य सामाग्रीको मूल्य आकाशिएको छ । त्यसैले उपभोक्ताहरुको माग बढेकै कारण तस्करीमा वृद्धि भएको व्यापारीहरु बताउछन् । तस्करी बढेपछि अहिले जिल्लामा राजस्व चुहावट बढेको छ । कतिपय नाकामा भन्सार कर्मचारीकै मिलेमतोमा राजस्व छलि भइरहेको पाइएको छ । कर्मचारीहरुले व्यापारी संग मिलेर भन्सार गरिएका सामानको कम परिमाण देखाई बढि निकासी गर्ने गरेको सीमानामा खटिएका प्रहरीहरुको भनाई छ । “कतिपय अवस्थामा हामी आफैले पक्राउ गर्छौ, तर फेरी पक्राउ गरिएका सामानहरुको भन्सार कागज बनेर आउछ” सीमानामा खटिएका एक प्रहरी सहायक निरिक्षकले भने । निकासी भएको सामानको कम परिमाण देखाउदा अहिले लक्ष्य अनुसारको राजस्व संकलनमा समेत बाधा पुग्ने देखिन्छ ।
माओवादी द्धन्द्धकालमा विस्थापित भएका छोटी भन्सार नाकाहरु हालसम्म पुर्नस्थापना भएको छैनन् । अर्को तर्फ संचालन भएका नाकाहरुमा समेत कर्मचारीको मिलेमतोमा भारतबाट अबैधरुपमा त्यस्ता सामानहरु पैठारी भईरहेको सीमाक्षेत्रका बासिन्दाहरुको भनाई छ । अलिहे दैनिक लाखौं रुपैयाका समान भन्सार छलेर आइरहेका छन् । मूख्य भन्सार नाका कृष्णनगर र छोटी भन्सार नाका मर्जातपुर बाहेक १० छोटी भन्सार नाका संचालनमा छैनन् ।
माओबादी द्वन्द्वका बेला ७ बर्ष अघि उठाईएका यी छोटी भन्सार नाकाहरु भौतिक पूर्बाधार र तराईमा सशस्त्र समुहको धम्की चन्दा आतंकले फेरी पुन:स्थापना गर्न नसकिएको भन्सार कार्यालले जनाएको छ । बिस्थातिप यी भन्सार नाकाहरुलाई पुर्नस्थापना नगरीदा सरकारलाई लाखौ रुपैया राजस्व घाटा भईरहेको छ । बर्षो देखि ती नाकाहरुबाट एक रुपैया पनि राजस्व नउठेको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । चोरी तस्करी तथा राजस्व चुहावट रोक्न कतैबाट प्रयास गरिएको देखिदैन । प्रहरी, प्रशासन, राजस्व गस्ती टोली लगायतका निकाय अहिले मौन बसेको सथनीयबासीको आरोप छ ।
प्रहरी कै एक भरपार्दो स्रोत अनुासर अहिले तस्करहरुले मोटरसाईकल बाट दिनहु भारतबाट अबैधरुपमा मालसामान जिल्लामा भित्राउने गरेका छन् । सुनिल नामका तस्कर लगायत आधा दर्जनले प्रहरीसंग लाईन लिएर मोटरसाईकलमा सामान ओसार्ने गरेको स्रोतको दाबी छ । स्थानीय घुमुवा प्रहरीले तस्कारहरुको राति लाईन क्लीयर गर्ने गरेका छन् । सीमा क्षेत्रमा खटिएका प्रहरी तथा शशस्त्र प्रहरीले समेत तस्करहरु बाट मोटो रकम असुल्ने गरेको रंगपुर गाविसका मेवालाल गुप्ता बताउछन् । दैनिक उपभोग्य सामान देखि ईलेक्ट्रोनि सामान खुलेयाम भित्रिरहेका छन् । ‘ तर प्रहरी प्रशासनले न छोटी भन्सार पुर्नस्थापनाका लागि कुनै पहल गर्छ, न त तस्करी नियन्त्रणमा कुनै चासो दिन्छ । ’ सीमावर्ती क्षेत्रका बासीन्दा भन्छन् ‘ जब प्रहरी प्रशासन नै मुकदर्शक बने पछि कस्को के लाग्छ ?’ यी नाकाहरुबाट खुलेर तस्करी भईरहेको स्थानीयवासी बताउछन् ।
यता पूर्बाधार, असुरक्षा र जनशक्तिको अभाब कार्यालयले चाहेर पनि भन्सार नाकाहरु पुन:स्थापित गर्न नसकेको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । बिस्थापित भन्सार नाका पुर्नस्थापना नहुदा राजस्व घाटा लागेको छ नै तस्करहरुलाई खुला सीमाको कारण तस्करी गर्न सजिलो समेत भएको भन्सार कर्मचारीहरु बताउछन् । भन्सार कर्मचारीको मिलोमतोम राजस्व छली नभएको दबी उनीहरुको दाबी छ ।
खुला सीमाका कारण लुकीछिपी सामान आए पनि तस्करी भने नभएको प्रहरी नायब उपरिक्षक बसन्त बिक्राम राणाले दाबी गरे । भन्सार छली गरी ल्याईएका लाखौ मुल्यका सामान पक्राउ गरी भन्सार चलान गरिउको भन्दै उनले तस्करीमा संलग्न भएको भेटिएमा त्यस्ता प्रहरीलाई विभागीय कारवाही गरिने बताए ।