|

नेपाली सुरक्षाकर्मी बाटै लुटिदैछन् नेपालीहरु


किरणमान बज्राचार्य,कपिलवस्तु , २ कार्तिक-बर्षदिनको चाडमा घर फर्केका नेपालीहरु आफ्नै नेपाली सुरक्षाकर्मीहरु बाट लुटिन बाध्य छन् । कपिलवस्तुको भारतीय सीमाना कृष्णनगर नाका हुदै नेपाल प्रवेश गर्ने नेपालीहरु नेपाल प्रहरी तथा शशस्त्र प्रहरीबाट लुटिने गरेका छन् । दुई हात मुख जोर्न भारतका विभिन्न स्थानमा काम गरेर परिवार संग बर्ष दिनको दशै मनाउन आएका नेपालीहरु भारतीयहरु बाट त लुटिने गरेका छन नै नेपाली सुरक्षाकर्मीहरुले समेत लुट्ने गर्दा निकै निराश बन्ने गरेका छन् । दशैका लागि भन्दै प्रहरीले विशेष सुरक्षा, हेल्प डेस्क लगायतको स्थापना गरेपनि उक्त योजना प्रभावहीन देखिएको स्थानियबासी बताउछन् । नेपाल फर्कदै गरेका नेपालीहरुबाट भारतीय पक्षले ३ वटा नाकाहरुमा चेकजााच भन्दै ३० रुपैया देखि ५ सय रुपैया सम्म लिने गरेको पीडित नेपालीहरु बताउछन् । त्यसपछि नेपाल प्रवेश लगत्तै विभिन्न स्थान गरि ६ वटा नाकामा ५० देखि ३ सय रुपैया सम्म प्रहरीले पैसा असुल्ने गरेको दाङ लालमटिया निवासी विकास पोख्रेल बताउछन् । नेपाल प्रवेश पछि लिंक गेट, भन्सार गेट, नेपाल प्रहरी चेकप्वाईन्ट कृष्णनगर, सीमा सुरक्षा चेक प्वाइन्ट कृष्णनगर, नेपाल प्रहरी चेक प्वाईन्ट बहादुरगंजमा सुरक्षाकर्मीहरुले रकम असुल्ने गरेको पीडित नेपालीहरुको आरोप छ । कृष्णनगर नाका हुदै दाङ्,प्यूठान, अर्घाखााची, रोल्पा, गुल्मी, रुकुम तथा रोल्पा सम्मका नेपालीहरु घर जाने गरेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा उनीहरुलाई चेकजााचको नाउमा दुख: दिने र रकम असुल्ने गरेको कृष्णनगरका स्थानिय अगुवा मुक्ति काफ्ले बताउनुहुन्छ । अर्काको देशमा भाडा माझेर कमाएको केहि पैसा समेत आफ्नै दाजुभाईले लुटिदिदा उनीहरु गहभरी आशु बोकेर खाली हात घर जान बाध्य छन् । घर फिर्ता हुनु अगावै भारतीय लुटेराहरुले हैरान पार्ने बढनी बजार आइसकेपछि नेपाली सुरक्षाकर्मीले चेकजााचको नाउमा लुट्ने गरेको स्थानिय युवराज आचार्य बताउछन् ।बेरोजगारीको चरम मार खेप्दै भारतमा रोजगारी गरि घर खर्च चलाउन तथा दशै पर्व मान्न केहि रकम बोकेर आएपनि सीमा क्षेत्रमै आधा भन्दा बढि रकम बाड्नुपर्ने दाङ् भालुबाङका भुपाल पाण्डे भन्नुहुन्छ । हामीले यति दुख: गरि ल्याउने पैसा भारतीयले त लुटछन तर नेपाली दाजुभाई समेत लुट्नमा तल्लीन हुने गरेका छन् । सीमामा नेपाली सुरक्षाकर्मीहरुले थोरै सामाग्रीको पनि भन्सार गर्नुपर्ने, ल्याएको केहि भारुको अवैध कारोबार गरेकोमा फसाइदिने तथा प्रतिबन्धित सामान ल्याएको भन्दै डराउन दिने गरेका छन् ।

चाडपर्वका बेला सीमा क्षेत्रमा नेपाली लुटिने घटना कुनै नौलो होइन तर नेपालीले नै नेपालीलाई अनावश्यक दुख: दिने र लुट्ने क्रम नरोकिनु प्रशासन तथा प्रहरीको ठूलो बेइज्जती भएको स्थानियबासीहरु बताउछन् । कसैले दुख गरि आर्जन गरेको पैसा लुट्ने व्यक्ति सुरक्षाकर्मी नभई सुरक्षाकर्मीको भेषमा लुटेरा भएको भन्दै त्यस्ता लुटेरा सुरक्षाकर्मीहरुलाई तत्काल कारवाही गर्न जिल्ला प्रहरी कार्यालय तथा प्रशासनले कदम चाल्नुपर्ने कृष्णनगरका बासिन्दाहरुको माग छ ।

यता इलाका प्रहरी कार्यालय कृष्णनगर तथा सीमा सुरक्षा बेस कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा त्यस प्रकारको कुनै ज्यादती नभएको बताए । प्रहरी निरिक्षक डम्बर केसीले सो क्षेत्रमा कुनै नेपालीलाई प्रहरीले दुख: नदिएको र कुनै प्रकारको रकम नसुलेको दाबी गरे । भारतीय प्रहरीले केही दुख: दिने गरेको भएपनि आफुहरुले चेकजााच मात्र गर्ने गरेको उनको भनाई छ ।

यता जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रमा चाडपर्वमा नेपाल आउने नेपालीहरु माथी ज्यादती नगर्न सुरक्षाकर्मीहरुलाई चेतावनी दिएको छ । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय तथा सीमा सुरक्षा कार्यालय कपिलवस्तुलाई सुरक्षा चेकजााचको नाउमा नेपाल भित्रने नेपालीहरुलाई दुख: नदिन अनुरोध गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुवारले तत्काल कृष्णनगर क्षेत्रमा भएको गतिविधि बारे छानबिन गरिने समेत जानकारी दिए ।

Posted by Butwalonline on 6:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली सुरक्षाकर्मी बाटै लुटिदैछन् नेपालीहरु"

Leave a reply