जिल्लाकै नमूना पकडी– चाकरचौडा सडक दयनीय अवस्थामा
किरणमान बज्राचार्य,कपिलवस्तु, २३ असोज, तीन बर्ष अघि स्याण्डशील प्रबिधीमा निर्माण भएको पकडी– चाकरचौडा सडक कच्ची बाटोमा परिणत भएको छ । मर्मत संभारको अभावमा नमूनाका रुपमा जिल्लामा पहिलो पटक बनाईएको सो सडक जीर्ण एवं दयनीय बनेको हो ।
बिश्व बैंकको सहयोगमा ग्रामीण पहुच सुधार तथा बिकेन्द्रीत परियोजना अन्र्तगत जिबिस मार्फत उक्त सडक निर्माण भएको थियो । द्धन्द्धकालमा माओवादी अवरोधका कारण पटक पटक अवरुद्ध बनी बल्ल तल्ल निर्माण भएको सो सडक पूर्णरुपमा भत्किए पछि स्थानीयबासी निराश बनेका छन् । यो सडक भत्किएर अहिले स्याण्डशीलको अबशेष मात्र बाकी छ । सडक भत्किएर ठुल्ठुला खाल्टाखुल्टी बनेको छ । एक करोड ३८ लाख रुपैया लागतमा निर्माण गरिएको ८ किलो मिटर लामो सडक जरजर बनेको छ । सडक निर्माण भएर खुशी र उत्साहित बनेका यस भेगका बासीहरु सडकको दुरावस्था देखेर दुखी बनेका छन् । चाकरचौडा जिल्ला कै तस्रो ठूलो भन्सार नाका समेत हो ।
सडकको अवस्था दयनीय भए पछि सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाई भएको छ । साईकल, मोटरसाईल, जीप र ट्याक्टर, मिनी ट्रक हिडने यस बाटोमा अहिले जोखिमपूर्ण ढुवानी र यात्रा गर्न बाध्य छन भन्छन् स्थानीबासी लोकनाथ शर्मा । ‘ सडक हिडन लायक छैन, जताजतै खाल्टा खुल्टी छन् तर जिबिसले यस्को मर्मतमा कुनै चासो देखाएको छैन । ’ उनले आक्रोसित हुदै भने । यसै क्षेत्रको प्रतिनित्वि गर्दै २ जना सभाषद र मन्त्री बने पनि सडकको मर्मत गर्न कसैले पहल नगरेको प्रति स्थानीयबासी निराश बनेका छन् ।
सडक निर्माण भएको एक बर्ष सम्म कही कतै टुटफुट भए ठेकेदारले मर्मत गर्नु पर्ने प्रावधान हुन्छ । तर एक बर्ष नबित्दै ठााउ ठााउमा सडक भत्किए पनि ठेकेदारले सडकको कहिले मर्मन नगरेको प्राबिधिक कार्यालयका एक कर्मचारीले बताए । ठेकेदारले गुणस्तरहीन काम गरे पनि स्थानीय उपभोक्ता समिति र जिबिस मौन बसकोले पनि सडक चौडे बिग्रिएको स्थानीबासीको आरोप छ । जिबिसले अहिले सम्म पनि ठेकेदारको करिब ६ लाख धरौटी रोके पनि त्यत्ती रकमले सडक बन्ने अवस्था नरहेको प्राबिधिक कार्यालयक कर्मचारीहरु बताउछन् । प्राबिधिक कार्यालयले ठेकेदारले धरौटी रकम फिर्ताका लागि माग गरे पनि रोकेको बताएको छ ।
