|

दशै आउन केही दिन बाकी रहेको बेला बजार अनुगमनमा तीब्रता

किरणमान बज्राचार्य,कपिलवस्तु २३ असोज, दशै आउन केही दिन बाकी रहेको बेला कपिलवस्तुमा बजार अनुगमनलाई तीब्रता दिईएको छ । संयुक्त बजार अनुगमन समितिले बजारमा रहेका खाद्यय बस्तुहूरुको अनुगमनलाई तीब्रता दिईएको हो । एक सातमा प्रशासन कार्यालयको अगुवाईमा संयुक्त अनुगमन टोलीले  तौलिहवाका बजारमा दुई पटक अनुगम र निरीक्षण गरेको थियो ।

टोलीले मिष्ठान्न पसल, पेट्रोल पम्प खाद्यय र किराना, होटल र रेष्टुरा तथा एग्रोभेटमा अनुगमन तथा निरीक्षण गरेको थियो । टोलीले कपिलवस्तु नगरपालिका– २ गौढी चोकमा रहको हनुमान मिस्ठान्न पसलमा भेटिएको २० किलो बासी मिठाई नष्ट गरेको थियो । हनुमानलाई एक साता अघि अनुगमनकाक्रममा चेतावनी दिईए पनि अटेर गरे पछि पुन: उनको पसलमा सोमवार निरीक्षण गरिएको थियो । हमुमानले बासी र दुषित मिठाई र अन्य परिकार बिक्री गरेको भन्दै दर्जन बढीले घरेलु कार्यालयमा उजुरी समेत दिएका थिए ।

टोलीले एक साता भित्र दुई पटक गरी दुई दर्जन बढी पसलहरुमा अनुगमन गरेको जनाएका छ । जाने चौराहामा रहेको एक मिठाई पसलमा प्रदुषित चिजहरु भेटिाएको थियो । टोलीले उपभोग्य म्याद सकेका तथा दुसित भेटिएका दुई बोरामा फास्ट भुड समेत बिभिन्न पसलबाट जफत गरी नष्ट गरेको थियो । केही उपभोग्य बस्तुहरुलाई परिक्षणका लागि टोलीले नमुना समेत ल्याएको थियो ।

अधिकान्स पसलहरुमा म्याद नाघेको समान, लेबन नभएको, उत्पादन र उपभोग्य मिति नलेखेको भेटिइएको प्रशासकीय अधकृत मेघनाथ पाध्याले बताए । टोलीले पसलमा ढक र तराजुको पनि निरीक्षण गरेको थियो । होटल र मिठाई पसलहरुमा सरसफाईको अवस्था निकै कमजोर रहेको उनले बताए । पहिलो पटकलाई चेतावनी दिएका छौ, फेरी यस्तो भेटिए कारबाही प्रकृया अघी बढाउने छौ उनले भने । प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरले बजार अनुगमन जारी रहने बताए । ठगी गर्ने ब्यपारी उपर प्रशासन कर्यालयमा उजुरी दिन आग्रह गर्दै उनले उजुरीकर्ताको नाम गोप्य राखिने बताए ।

प्रजिअ घिमिरेको नेृत्वमा रहेको टोलीमा कृषि, घरेलु, पशु सेवा, उपभोक्ता हकहीत संरक्षण केन्द्रका प्रतिनिधीहरु थिए ।


Posted by Butwalonline on 7:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " दशै आउन केही दिन बाकी रहेको बेला बजार अनुगमनमा तीब्रता"

Leave a reply