फोहोर फालेकै कारण कार्वाही होला है
मुक्तिप्रसाद न्यौपाने,असोज २५, पाल्पा -तानसेनमा जथाभावि फोहोर फाल्दै हुनुहुन्छ भने अब होसियार बन्नुहोस् नत्र तपाईलाई कारवाही हुन सक्छ ।
तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई सहितको अनुगमन टोली बुधबार र बिहिबार विहान ५ बजेदेखीनै नगरका विभिन्न चोक चोकमा डुल्दै थियो । टोलीले शितलपाटीमा फोहोर फाल्न ल्याउादै गरेका व्यक्तिहरुलाई सचेत गराउादै भन्यो, अबका दिनहरुमा गल्ने (कुहिने) र नकुहिने फोहोरहरुलाई छुट्टयाएर राख्नुपर्यो । त्यो फोहोर नगरपालीकाको गाडीमा राखिदिनुहोला । यो पटक तपाईलाई सचेतमात्र गराएको अर्को पटकमा पनि यस्तो देखेमा तपाईलाई जरिवाना हुनेछ । यस्तो आदेश दिएर टोली अर्को स्थानतर्फ लाग्यो ।
बुधबारनै प्रत्येक चोकचोकमा थुपारिएको फोहोरलाई अनुसन्धान गरियो । प्रमाण फेला परेका फोहोर धनीहरुलाई बोलाईयो । फोहोरलाई छुट्ट्याएर नगर गाडीमा राख्नुपर्ने बताइयो । त्यसै क्रममा नारायणस्थानमा थुपारिएको फोहोर हेरेर अधिकृत भट्टराईले एक कर्मचारीलाई फोहोरलाई केलाएर हेर्न लगाउनुभयो । त्यहाा एउटा कागजमा लेखिएको थियो ब्रह्म कुमारी ईश्वरिय विश्वविद्यालय । ब्रह्म कुमारीका एक प्रतिनिधिलाई बोलाईयो । किन यसरी फोहोर फालेकोभन्दा जवाफ थियो सधैं यसरीनै थुपारिएको थियो त्यसैले जानकारी भएन । अनुगमन टोलीले आउादा दिनहरुमा अव्यवस्थित रुपमा फोहोर फालेमा सो फोहोरलाई जहााबाट निकालिएको हो त्यहिा लगेर छोडिने र कार्वाही समेत हुने चेतावनि दिादै थियो ।
ञतानसेन नगरपालीकाले एक वर्ष अगाडी तीन करोड रुपैया खर्चेर निर्माण गरेको डम्पिङ साईट बिहिबारबाट प्रयोगमा आउन थालेकको छ । नगरकोसेती पोखरीमा स्थानिय वासीन्दा र नगरपालीका वीच विवाद उत्पन्न भएपछि साईट प्रयोगमा आएको थिएन तर अब सम्पूर्ण समस्या सुल्झिएको छ । स्थानीय विकास मन्त्रालयको जगेडा कोषवाट तीन करोड रुपैया प्राप्त भई आवश्यक पुर्वाधार तयार भैसकेका छन । स्थानीय सेती पोखरीका वासीन्दाले डम्पीङ साइड निर्माण संग संगै व्यवस्थीत बसपार्क वनाउनु पर्ने, सडक कालो पत्र्रे गर्नुपर्ने, स्वास्थ्य चौकी स्थापना गर्नु पर्ने स्थानीय बासिन्दालाई रोजगार दिनु पर्ने जस्ता सर्तहरु नगरपालीकासंग राखेपछी स्थानीय वासीन्दा र नगरपालीका बिच विवाद भएको थियो ।
हालसम्म तानसेन नगरवाट निस्कने दैनिक १० टन फोहोर नगरको वनदेविमा फालिादै आएको थियो । जसले नगरको सौन्दर्यतालाइ बिगारको थियो । फोहोर व्यवस्थित हुने भएपछि स्थानिय बासिन्दाहरु हर्षित भएकाछन् । नगरपालीकाले फोहोर संकलनकालागि बाल्टिन वितरण गरिसकेको थियो ।
