बुटवल बहुमुखी क्याम्पस एकाइ कमिटी अनेरास्वयुको अध्यक्षमा सुमन आचार्य
बुटवल असोज २५ । अनेरास्वयु (छैठांै) बुटवल बहुमुखी क्याम्पस एकाइ कमिटीमा सुमन आचार्य चयन भएका छन् । बिहीबार भएको भेलाबाट पूर्व अध्यक्ष आचार्य चयन भएका हुन् । अनेरास्वयु छैठांै केन्द्रीय सदस्य तथा लुम्बिनी राप्ती संयोजक देवेन्द्र कुवरको प्रमुख आतिथ्यतामा भएको भेलाबाट उपाध्यक्षमा निर्मला पोखरेल, सचिवमा विष्णु पोखरेल, सहसचिवमा प्रेम खनाल, कोषाध्यक्ष लक्ष्मण भण्डारी चयन भएका छन् ।
बाइस सदस्यीय कमिटीका सदस्यहरुमा अर्जुन भण्डारी, वीरेन्द्र पौडेल, लक्ष्मण भण्डारी, निमेस लम्साल, बासुदेव न्यौपाने, विकास घर्ती, नवीन जिसी, विकास घर्ती, विष्णु पोरखरेल, समुन आचार्य, सन्दिप विक, निर्मला पौडेल, सुनिता बस्नेत, करुणा घिमिरे, प्रेम खनाल, साबित्रा आचार्य, सुर्यप्रसाद बन्जाडे लगायत रहेका छन् ।
