कालीगण्डकी युवा क्वल रामपुर–३ मटेरीद्वारा सांस्कृतिक महोत्वस गरिँदै
प्रेमकान्छा मगर,पाल्पा, रामपुर कात्र्तिक २५, दशै नजिकीदै गर्दै पूर्वी पाल्पाको रामपुरमा रामपुर साास्कृतिक महोत्सव हुने भएको छ । कालीगण्डकी युवा क्वल रामपुर–३ मटेरीले आफनो १५ औं बार्षिक उत्सव, विजयादशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गर्न लागेको हो । महोत्सवमा फुटबल प्रतियोगिता तथा विविध सांगितीक कार्यक्रम गर्ने मूल आयोजक समितिका संयोजक कृष्ण खड्काले बताए ।
महोत्सव कार्तिक २६ गते देखि खुल्ला फुटवल प्रतियोगिता हुदैछ भने साागितिक कार्यक्रम कार्तिक २ देखि ३ गते सम्म चल्ने बताएका छन् । कार्यक्रममा पाल्पा, स्याङ्जा, नवलपरासी तथा तनहुा गरी ४ जिल्लाको संगम स्थल भएकोले करिब ३० देखि ४० हजार जनाले अवलोकन गर्ने लक्ष्य रहेको महोत्सव मूल आयोजकका आर्थिक संयोजक युवराज शाहीले बताए । क्लवले आर्थिक संकलन गरी सामाजिक कामको लागि सदुपयोग हुने गरी महोत्सव आयोजना गर्न लागेको बताए ।
कार्यक्रममा दर्शाकको मध्यनजरलाई ध्यानमा राख्दै राष्ट्रिय स्तरका कलाकारहरुको जमघाट हुनेछ । महोत्सवमा हाास्यकलाकार मेरीबास्सैका सुराज चापागाई (बान्द्रे), राष्ट्रिय ख्यातिप्राप्त लोक तथा दोहारी गायकहरु विष्णु खत्री, पशुपति शर्मा, खुमन अधिकारी, बैकुण्ठ महात, हुम गैरे, पुस्कल शर्मा, कुलेन्द्र वि.क., खेम भण्डारी, कल्पना देवकोटा, जमुना राना, लगायतका एक दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने बताए ।
