पोखरामा आजबाट अन्तर लायन्स फुटवल प्रतियोगिता सुरु
उत्तम पण्डित,२५ असोज,पोखरा-आजदेखि पोखरामा अन्तर लायन्स क्लब सेभेन ए साईड फुटबवल प्रतियोगिता सुरु भएको छ ।आज विहान साढे ८ वजेदेखि जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटि विजयी भयो ।
लायन्स क्लब अफ पोखरा पिस सिटि र लायन्स क्लब अफ पोखरा युनाईड चौतारीबीच सम्पन्न खेलमा पिस सिटिले युनाईटेड चौतारीमाथि १०–० को विशाल गोल अन्तरले पराजीत गर्यो । आयोजक पिस सिटिको तर्फबाट शंकर थापा ,दिवश कुावर,बलराम केसी,शंकर थापा,बनोद ओझा र डा असिम सुवदीले क्रमश : २/२ गोल गरेका थिए भने युनाईटेडको तर्फबाट कुनैपनि गोल हुन सकेन ।
प्रतियोगिता अन्र्तगत आज अपहन्न २:३० बजे लायन्स क्लब अफ पोखरा सेन्ट्रल र लायन्स क्लब अफ पोखरा मुनाल, ३:३० बजे लायन्स क्लब अफ पोखरा हिमालयन र लायन्स क्लब अफ पोखरा पिस चौचारी र अपहन्न ४:४० बजे लायन्स क्लब अफ हेम्जा र लायन्स क्लब अफ पोखरा भैरवबीचमा भिडन्त हुादैछ ।
पोखराको वाराहि डुङ्गाघाट खेल मैदानमा सुरु भएको प्रतियोगिताको सिएनएन हिरो बर्ष २०१२ को लागि उत्कृष्ट १० मा पर्न सफल समाजसेवी सुश्री पुस्पा बस्नेतले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै समाजसेवी बस्नेतले नेपालीहरुमा भएको समाजसेवाको भावनालाई जागृत गर्न सबै नागरीकहरुले जीवनको केहि समय भएपनि समाजसेवामा लगाउनुपर्ने जोड दिनुभयो । उहााले भन्नुभयो हामिले गर्ने काम सम्पन्न गर्न कुनै पनि काम सुरु गरिसकेपछि त्यसलाई निरन्तरता दिनुपर्छ ।
कार्यक्रका विशेष अतिथि लायन्स क्लब नेपाल ३ सय २५ वि वानका डिष्ट्रिक गर्भनर लायन दिपक श्रेष्ठ एमजेएफ ले लायन्स क्लबहरु समाज सेवा र रचनात्मक कार्यमा लागीरहेको बताउादै धेरै चुनौती हुादा हुादैपनि लायन्स क्लब अफ पोखरा पिस सिटिले स्थापनाको छोटो अवधीमा नै रचनात्मक काम गर्नु प्रशंसनीय भएको वताउनुभयो ।
त्यसैगरी लायन्स क्लब अफ पोखरा चौचारीका अध्यक्ष लायन मेघनाथ काफ्लेले नेपालमा नै पहिलो पटक लायन्स क्लबहरुबीचमा फुटवल प्रतियोगिता आयोजना हुुनु लायन्स क्लबहरुकै लागि गौरबको विषय भएको वताउनुभयो ।
त्यसैगरी लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बाबुराम गीरीले बेला–वेला बेलामा हुने यस्ता खेल गतिबिधिहरुले लायन्स क्लबमा आबद्ध व्यवसायीहरुकोलागि आपसी भाईचाराको विकासकोलागि सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष लायन सुदिपराज ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका प्रथम उपाध्यक्ष लायन प्रसान्तराज धमला,सचिव बद्रिनाथ पौडेलले पनि बोल्नुभएको प्रचार–प्रसार उपसमितिका सदस्य लायन टंकराज अधिकारीले जानकारी दिनुभयो ।
आगामी २८ गते सम्म हुने सो प्रतियोगितामा कास्की जिल्लामा रहेका २१ वटा लायन्स क्लबहरुले प्रतिश्पर्धा गर्देछन् । लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजीत सो प्रतियोगिताको विजेता क्लवले २५ हजार ५ सय ५५ रुपयाा र उपविजेता क्लवले १५ हजार ५ सय ५५ रुपयाा नगदको साथमा मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले जनाएको छ ।
