नागरिक सुरक्षा दिवसको अवसरमा स्वागत एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रेम न्यौपाने ,पोखरा,असोज २५ -सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकको व्यवस्थापनमा नागरिक सुरक्षा दिवसको अवसरमा स्वागत एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयमा सरुवा भई आएका प्र.जि.अ. वसन्तराज गौतम, पोखरा उप-महानगरापालिका कार्यकारी अधिकृतमा सरुवा भई आएका ताराबहादुर कार्की यसै गरी व.प्र. का बैदाममा सरुवा भई आएका प्र.नि. झविन्द्रप्रसाद भट्टराईलाई फूलमाला, अबिर, खादा ओढाई समन्वय समितिका अध्यक्ष लालबहादुर श्रेष्ठलगायत अन्य सेवा केन्द्रका अध्यक्षहरुले स्वागत गरेका थिए।
समन्वय समितिका वार्षिक क्यालेन्डर बमोजिम सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका प्रथम उपाध्यक्ष विष्णुबहादुर भट्टराईले गरेका थिए भने शुभकामना मन्तव्य सम्पूर्ण संघसंस्थाका तर्फबाट साहरा क्लबका अध्यक्ष विक्रम थकाली, सम्पूर्ण सामुदायिक सेवा केन्द्रका तर्फबाट से.के. पृथ्वीचोकका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ समन्वय समितिका संस्थापक अध्यक्ष मंगल नेपाली, सल्लाहकारको तर्फबाट डा. दिलबहादुर क्षत्री जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरीक्षक विरबहाुदर बुढामगर पोखरा उपमहानगरपालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेती बोलेका थिए।
उक्त कार्यक्रममा करिब २०० जनाको उपस्थित रहेका थिए। सरोकारवालाहरुको सहभागितामा उठेकमा सुरक्षासम्बन्धी प्रश्नहरुको जवाफ प्रहरी जिल्ला अध्यक्ष गौतम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारी पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत कार्कीले दिएका थिए।कार्यक्रममा सभाध्यक्ष श्रेष्ठले धन्यवाद तथा मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए।