|

यूएइमा हर्सोल्लासका साथ प्रवासी नेपाली संघ यूएइको दशै कार्यक्रम् सपन्न

आबुधाबी - यूएइ(२१ अक्टोबर २०१२ ) उत्तम अधिकारी -संसारभर छरिएर रहेका नेपालीहरू यतिबेला कुनै न कुनै रुपमा बडा दशैंको रम्झममा सरिक भईरहेका छन् । दशैं नेपाली साँस्कृतिक , मौलिक र राष्ट्रिय पर्बका रुपमा रहि आएकाले अधिकांस नेपालीहरूले यस पर्बलाई ठुलो महत्वका रुपमा लिने गरेका छन् । बास्तबमै दशै एक आपसमा हार्दिकता र निकटता बढाउने तथा बिगतका सबै तिक्तताहरूलाई पन्छाएर पुन: आत्मिय सम्बन्ध स्थापित गर्दै अघि बढ्न सबैलाई प्रेरित गर्ने पर्ब पनि हो । यस पर्बको अबसरमा नेपाल भित्रका बिभिन्न राजनैतिक दल , संघ संस्थाहरू र बिभिन्न नेपाली समुदायहरूले तथा नेपाल बाहिर समेत प्रवासी नेपालीहरू माझ उनिहरुको हक हित र सेवाका लागि कार्यरत बिभिन्न संगठन , संघ संस्था तथा नेपाली समुदायहरूले समेत आपसी भेटघाट , चियापान , शुभकामना आदान प्रदान लगायतका साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने गरेका हुनाले पनि यो पर्बको महत्वलाई अझ प्रस्ट्याएको छ ।

बडा दशैंकै अबसरमा युएइ प्रवासमा लामो समय देखि कार्यरत प्रवासी नेपाली संघ यूएइले "बडा दशैं २०६९ को भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक " कार्यक्रम् यहा कार्यरत प्रवासी नेपालीहरूको ठुलो उपस्थितिका बिच अती नै रोचक , मनमोहक र भब्य रुपमा सम्पन्न गरेको छ । गत शुक्रबार १९ अक्टोबरका दिन दुबइको जबिल पार्कमा आयोजित उक्त कार्यक्रममा यूएइका बिभिन्न स्थान बाट सहभागी भएका नेपालीहरूले "तिते करेली , छिनको छिनैमा , पानको पात् , तिमिलाइ टाढा मलाइ नी टाढा " जस्ता अन्य थुप्रै चर्चित नेपाली लोकलयमा सुमधुर दोहोरी गीत गाएर कार्यक्रममा सरिक सबैको ध्यान खिचेका थिए भने उल्लेख्य संख्यामा उपस्थित नेपाली महिला दिदि बहिनिहरूको रोचक न्रित्यले सबैलाई आकर्सित गरेको थियो ।

पहिलो चरणमा नेपालबाट ल्याइएको ताइचिन चिउराको साथमा खसीको भुटन र दोस्रो चरणमा खसीको मासु , पुलाउ , आलु काउली , केराउको अचार लगायतका स्वादिस्ट नेपाली परिकारहरू पस्कीइएको उक्त कार्यक्रमको बिच भागमा छोटो शुभकामना आदान प्रदानको औपचारिक कार्यक्रम पनि राखिएको थियो । संघका केन्द्रिय अध्यक्ष यमलाल शर्मा पँगेनीको सभापतित्वमा संघकै केन्द्रिय सदस्य तथा प्रचार प्रसार  बिभाग प्रमुख उत्तम अधिकारीद्वारा संचालित सो कार्यक्रममा गैर आवासिय नेपाली संघका मध्यपुर्ब उप सम्योजक लोकनाथ सुबेदी , गैर आवासिय नेपाली संघ यूएइका अध्यक्ष चन्द्र बहादुर रोकाहा, जन प्रगतिशिल मन्च युएइका प्रतिनिधि टिका दत्त शिवा , लुम्बिनी वेल्फेयर सोसाइटी युएइका अध्यक्ष डी यल शर्मा , नेपाल पत्रकार महासंघ युएइ शाखाका प्रतिनिधि गितामणी पाण्डे , गैर आवासिय नेपाली संघ युएइकी महिला समिति सम्योजक अर्चना बस्नेत , खस आर्य समाज युएइका अध्यक्ष प्रकाश कोइराला , आदिबासी जनजाति महासंघ युएइका अध्यक्ष गिरमान थापा मगर , स्याङ्जा सहयोग समाजका अध्यक्ष भुपती न्यौपाने , धादिङ सेवा समाजका प्रतिनिधि भिम अधिकारी लगायत बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।
  
कार्यक्रम सम्योजक संघका केन्द्रिय सदस्य महेश गिरीले सहभागी सम्पुर्णमा स्वागत तथा शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो भने सबै अतिथिहरूले आ-आफ्नो संघ संस्थाको तर्फबाट बडा दशैको अबसरमा शुभकामना सन्देश दिदै कार्यक्रम् आयोजना गरेकोमा प्रवासी नेपाली संघ यूएइलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमका अधिकाम्स अतिथिहरूले आफ्नो शुभकामना सन्देशका क्रममा फरक मस्तिस्क अनुसार फरक बीचारले मानिसहरु निर्देशित हुनु सामान्य कुरा भए पनि हाम्रा हरेक मौलिक पर्ब , संस्क्रिती र चाडबाडहरुमा सबै बिचार बोक्नेहरूको साथ् , सहयोग र सहभागिता रहनु पर्ने र सबै नेपालीले सबै नेपाली संस्क्रितीको सम्मान गर्नु पर्नेमा जोड दिनु भएको थियो । युएइ प्रवासमा कार्यरत सम्पुर्ण नेपाली महिलाहरूको प्रतिनिधित्व गर्दै संघकी केन्द्रिय सदस्य तथा महिला बिभाग प्रमुख मोती राइले कुनै पनि चाड पर्ब तथा संस्क्रितीलाई कुनै एउटा धर्म , जात वा समुदाय सँग मात्रै जोडेर हेर्न नहुने भन्दै नेपालमा प्रचलित सबै मौलिक पर्बहरूलाई हामी सम्पुर्ण नेपालीहरू मिलेर जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गर्नु भयो । कार्यक्रमको समापन गर्दै संघका केन्द्रिय अध्यक्ष यमलाल शर्मा पंगेनीले प्रवासी नेपाली संघ युएइलाई माया गरि कार्यक्रममा सरिक हुनु भएका प्रवासी नेपालीहरू, कार्यक्रमलाई अती नै हर्सोल्लासका सथ् सम्पन्न गर्न भूमिका निभाउनु भएका ब्यक्तित्वहरू तथा संघको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण अतिथिहरुमा संघको तर्फ बाट धन्यबाद ज्ञापन गर्दै सबै नेपालीका भावी दिनहरू शुखमय रहुन र बिध्यमान सबैखाले समस्या र चुनौती बाट निकास पाउदै राष्ट्र साँच्चैको नवयुगमा प्रवेश गर्न सफल होस् भन्दै बडा दशैको शुभकामना सन्देश ब्यक्त गर्नु भएको थियो ।

यसै गरि संघकै बिदा जायेद क्षेत्रिय समितिले सोही दिन आबुधाबीको पस्चिमी क्षेत्रको मेजिरा भन्ने स्थानको मेजिरा पर्कमा "बडा दशैको शुभकामना आदान प्रदान सहितको जलपान " कार्यक्रमको आयोजना गर्यो । संघको उक्त क्षेत्रिय समितिका उपाध्यक्ष बेदानन्द यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका केन्द्रिय सदस्य लीला प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । ठुलो जन सहभागिता रहेको उक्त कार्यक्रम एक आपसमा शुभकामना आदान प्रदान तथा जलपान गरि खुसियालिपुर्बक मनाइएको थियो । उपस्थित झन्डै दुई सय प्रवासी नेपालीहरूलाई कार्यक्रमका सभापति यादवले कार्यक्रमलाई शोभायमान बनाइदिएकामा मुरी मुरी धन्यबादका साथमा शुभकामना दिनु भएको थियो । प्रवासी  नेपाली संघ यु ए ई ले यु ए ई भर नै बिजया दशमी को उपलक्ष्य मा गरिएको प्रोग्राम ले प्रवासी नेपाली हरु बिच सुमधुर संबन्ध लाइ नजिक बाट हेरेको अनुभब रहेको जानकारी तेहा उपस्थित हुनु भएका नेपाली दाजु भाइ हरु ले सोध्नु र जानकारी लिनु  भएको थियो|














Posted by Butwalonline on 10:53 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यूएइमा हर्सोल्लासका साथ प्रवासी नेपाली संघ यूएइको दशै कार्यक्रम् सपन्न "

Leave a reply