|

नायक सैफ अली खान र नायिका करिना कपुरको विवाह


एजेन्सी, आश्विन ३० । बलिउडमा बहुप्रतिक्षित मानिएको नायक सैफ अली खान र नायिका करिना कपुरको औपचारिक विवाह आज हुँदैछ । यो जोडी आज आधिकारीक रुपमा प्रणयसुत्रमा बाँधिन लागेको हो । आज यो जोडीले सैफको मुम्बईस्थित घरमा त्यहाँका विवाह रजिस्टारको उपस्थितिमा कोर्ट म्यारिज गर्न लागेका हुन् ।

बलिउडमा निकै समयअघिदेखि चर्चामा रहेको सैफ–करिनाको विहेले आज कानूनी मान्यता प्राप्त गर्न लागेको हो । कोर्ट म्यारिज समारोहमा दुबैतर्फका परिवारका साथै केही नजिकका साथीहरु सहभागी हुने बताइएको छ ।

त्यस्तै यो जोडीले १८ अक्टोबरमा विवाहको पार्टी दिने बताइएको छ । विवाह पार्टीमा बलिउडका चर्चित कलाकारहरुको उपस्थित रहने आंकलन गरिएको छ । सैफ–करिनाको विवाह समारोह भने यसअघिबाटै सुरु भईसकेको छ ।
स्रोत :इमेज च्यानल 

Posted by Butwalonline on 11:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नायक सैफ अली खान र नायिका करिना कपुरको विवाह "

Leave a reply