|

बुद्धनगर सेक्टर एफको टोल सरसफाई कार्यक्रम सम्पन्न


असोज १५, बुटवल, बुटवल वडा नंं. १३ बुद्धनगर सेक्टर एफले आज एक कार्यक्रमको आयोजना गरी टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

टोलका अध्यक्ष जगत नारायण मण्डलको अगुवाईमा सरसफाई कार्यक्रम भएको थियो । आउदो हिन्दुहरुको महान चाड वडा दशै तथा दिपावलीको अवसर र एक्कासी बढेको गर्मी कारण खाल्टा खुल्टीमा जमेका पानीबाट विभिन्न सरुवा रोगहरु फैलन सक्ने भएकाले सरसफाई गरिएको आयोजकलले जनाएको छ । सरसफाइका साथै टोलका विजुली पोलहरुमा सार्वजनिक विजूली बत्तीहरु पनि जडान गरिएको बुद्धनगर युवाक्लब (बी. एन. १३) का सल्लाहकार पार्वती के.सी.ले जानकारी दिनु भएको छ ।

Posted by Butwalonline on 6:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुद्धनगर सेक्टर एफको टोल सरसफाई कार्यक्रम सम्पन्न"

Leave a reply