|

माणिमुकुन्द कलेज योगिकुटीको आयोजनामा अन्तर कलेज बास्केटबल सुरु


बुटवल असोज १५ माणिमुकुन्द कलेज  योगिकुटीको आयोजनामा सोमबारबाट अन्तरकलेज  बास्केटबल प्रतियोगिता सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगिताको सोमबार एक कार्यक्रमका विच क्याम्पसअध्यक्ष दयाराम बस्यालले उद्घाटन गरेका हुन ।

विद्यालयका प्राचार्य टुकप्रसाद क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष दिनेश आचार्य, विद्यालयका प्रध्यापक लालहरी पाण्डे, सञ्चालकहरु सालीकराम पौडेल, कृष्ण प्रसाद गौतम, गम प्रसाद रेग्मी लगाएतको आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा विद्यालयका प्रध्यापक लालहरी पाण्डे, एथ्लेटिक्स संघ रुपन्देही अध्यक्ष दिनेश आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देही सदस्य केशव भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।

प्रतियोगिताको पहिलोदिन भएको प्रतिष्पर्धामा आयोजक मणिमुकुन्द कलेजले भैरहवाको सेन्ट जेसेफ कजेलाई हरायो । मणिमुकुन्दले ४० र सेन्ट जेसेफले १५ अंक बटुलेको थियो । त्यस्तै दोस्रो खेलमा कालिका उच्च माविले बुटवले अक्फोर्ड उच्च माविलाई ३८–२ को अन्तरले हरायो । त्यस्तै तस्रो खेलमा मणिमुकुन्द कलेजले ग्लोरियस कलेजलाई ५५–१२ को अन्तरले पराजीत गरेको कलेजका प्राध्यापक लालहरी पाण्डेले जानकारी दिए ।

Posted by Butwalonline on 6:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " माणिमुकुन्द कलेज योगिकुटीको आयोजनामा अन्तर कलेज बास्केटबल सुरु"

Leave a reply