शिक्षकको पेशागत विकास तालिम सम्बन्धी १२ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु
पाल्पा,असोज १५ गते -शैक्षिक तालिम केन्द्र पाल्पाको आयोजनामा शिक्षकको पेशागत विकास सम्बन्धी १२ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज तानसेनमा शुरु भएको छ ।
पाल्पा जिल्लाका सबै स्रोत केन्द्रका गरी ४० जना रोष्टर प्रशिक्षकहरु सहभागी यस कार्यक्रममा शिक्षकको पेशागत विकास तालिम सञ्चालन कार्यविधि, तालिम सामग्री विकास, स्वाध्ययन तथा शैक्षणिक परामर्श कार्य सञ्चालन सम्बन्धी प्रयोगात्मक अभ्यास गराइने छ । तालिमको सहजीकरण शैक्षिक तालिम केन्द्र पाल्पाका कार्यक्रम संयोजक रुद्रप्रसाद रेग्मी, तालिम संयोजक डम्बरध्वज बस्याल, प्रशिक्षकहरु गोपाल प्रसाद वश्याल र नारायण प्रसाद पोखरेलले गरिरहेका छन् ।
प्रशिक्षणको उद्घाटन सत्रमा पाल्पाका निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले शिक्षकहरुलाई तालिम, माथिल्लो योग्यता, समयोचित तलव तथा बढुवा आदि वृत्ति विकासका अवसर हुदाहुदै पनि शैक्षिक उपलव्धी सन्तोषजनक नभएकामा धेरै गुनासा भएको बताउादै कक्षाकोठामा सारभूत परिवर्तनको प्रत्याभूति दिन तालिम सहयोगी हुनुपर्ने बताए । उनले रुंग्ण अवस्थामा रहेको कक्षाशिक्षणलाई वालमैत्री तथा प्रयोगात्मक शिक्षणको अभ्यासबाट परिवर्तन गर्न सकिने बताए । उनले शिक्षकको सर्वोपरि भूमिकाका कारण विद्यार्थीको सृजनशीलता गुमेकोमा आलोचना गर्दै विद्यार्थी सक्रियतामा जोढ दिए ।
कार्यक्रम शैक्षिक तालिम केन्द्र पाल्पाका कार्यक्रम संयोजक रुद्रप्रसाद रेग्मीको अध्यक्षता, तालिम संयोजक डम्बरध्वज बस्यालको स्वागत भाषण र प्रशिक्षक गोपाल प्रसाद वश्यालको सञ्चालनमा चलेको थियो ।
नेपाल सरकारले वि सं २०६६ देखि सञ्चालन गर्दै आइरहेको शिक्षकको पेशागत विकास कार्यक्रम अन्तर्गत यस वर्ष पाल्पाका माध्यमिक तहका ३७३ जनालाई शैक्षिक तालिम केन्द्र पाल्पामा र आधारभूत तहका १५८९ जना शिक्षकहरुलाई सम्बन्धीत स्रोत केन्द्रबाट संसीर महिनादेखि तालिम सञ्चालन गरिने कार्यक्रम संयोजक रुद्रप्रसाद रेग्मीले जानकारी दिए ।