गुल्मीमा विद्यालय र कक्षामा अनुपस्थितहुने शिक्षकको हाजिर विद्यार्थीले गर्ने
गुल्मी ,१२ असोज | गुल्मीमा विद्यालय र कक्षामा अनुपस्थित हुने शिक्षकको विद्यार्थीले हाजिर गर्ने अभियान थालेका छन् । शिक्षकहरु पढाउनुको साटो अन्य काममा व्यस्त भएर कक्षामा अनुपस्थित हुन थालेपछि विद्यार्थीहरुले नै शिक्षकहरुको हाजिर आफैले गर्न थालेका छन् ।
पृथ्वी उच्च मावि पुर्कोटदह गुल्मीका शिक्षकहरु विद्यालय र कक्षाकोठामा नियमित उपस्थित नहुने र उपस्थित भए पनि पूरा समय कक्षामा नबिताउने गरेको पाएपछि भनभने स्रोतकेन्द्रले कक्षामा मनिटरको व्यवस्था गरी प्रत्येक घण्टीमा शिक्षक उपस्थित भए नभएको अभिलेखसहितको हाजिर राख्न लगाएको हो ।
शिक्षक ४५ मिनेट कक्षामा रहे नरहेको रुजु गर्ने र महिनाको मसान्तमा प्रअ र कक्षा मनिटरको सही गरी स्रोतकेन्द्रमा पठाउने व्यवस्था भएको स्रोत व्यक्ति ताराबहादुर राउतले बताउनुभयो । राउतका अनुसार विद्यार्थीले शिक्षक डायरीसहित कक्षामा प्रवेश गरे नगरेकोसमेत अभिलेख राख्ने गरेका छन् ।