|

आफ्नै छोराले गोली हानेर आमाको हत्या

महोत्तरी, भदौ २० । महोत्तरीको पशुपतिनगरमा आफ्नै छोराले गोली हानेर आमाको हत्या गरेका छन् । घरायसी विवादका कारण गएराति पशुपतिनगर २ का रामबाबु ठाकुरले ४५ बर्षिया आफ्नी आमा सुमित्रा देवीको छातीमा गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । आमाको हत्या गर्ने ठाकुर हतियारसहित फरार छन् । ठाकुरको घरमा खानतलासी गर्दा प्रहरीले एक थान कटुवा पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ । घटनास्थल पूर्व पश्चिम राममार्गको बर्दिवासबाट २५ किलोमिटर टाढा छ ।(इमेज च्यानलमा प्रकाशित )  

Posted by Butwalonline on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफ्नै छोराले गोली हानेर आमाको हत्या"

Leave a reply