नेपाल मानव अधिकार संगठन पाल्पा शाखाको १२ औं जिल्ला अधिबेशन सम्पन्न
पाल्पा तानसेन ,भाद्र २४ -नेपाल मानव अधिकार संगठन पाल्पा शाखाको १२ औं जिल्ला अधिबेशन सम्पन्न भयो | पाल्पा शाखाको सभापति श्री त्रिलोचन पौड्यालको अध्यक्षतामा पाल्पा टेक्निकल इन्स्टिच्यूटमा सो कार्यक्रमको भएको थियो । शाखाको उपाध्यक्ष जनपुकार मुनन्कमीले स्वागत भाषण गर्नु भएको थियो भने सचिव राजेश्वर उदयले वार्षिक कार्य प्रगति विवरण र कोषाध्यक्ष बंकिम खनालले आयव्यय विवरण प्रस्तुत गर्नु भयो ।
आज बिहान सम्पन्न भएको जिल्ला अधिबेशनले प.प.न.उ. मा.वि.का प्राचार्य श्री नारायण शर्माज्यू लाई निर्वाचन अधिकृतको रुपमा मनोनयन गरियो । शाखामा १५ जना विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुलाई साधारण सदस्यता प्रदान गरियो । कार्यक्रम शाखा सचिव राजेश्वर उदयले संचालन गर्नु भएको थियो । र आजै दिउसों सम्पन्न भएको निर्वाचनमा निर्वाचन अधिकृत श्री नारायण शर्माले तपसिलका १५ सदस्यीय पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनु भएको जानकारी दिनु भयो ।
१. श्री त्रिलोचन पौड्याल सभापति
२. श्री राजेश्वर उदय उपसभापति
३ श्री पुष्कर रेग्मी उपसभापति
४. श्री बंकिम चन्द्र खनाल सचिव
५. श्री इं विष्णु प्रसाद श्रेष्ठ सहसचिव
६. श्रीमती कमला पौड्याल कोषाध्यक्ष
७. श्री सुरेन्द्र पौड्याल सदस्य
८. श्री चित्रवलीराम सुवाल सदस्य
९. श्री भरत शर्मा सदस्य
१०. श्री बल बहादुर राना सदस्य
११. श्री भरत घिमिरे सदस्य
१२. श्रीमती शशी श्रेष्ठ सदस्य
१३. श्री शंकर भण्डारी सदस्य
१४. सुश्री कमला पौड्याल सदस्य
१५. श्री शैलेन्द्र भट्टराई सदस्य
