|

रोकिराखेको २ ट्रकलाई ठक्कर दिँदा ट्रकका चालकको च्यापिएर मृत्यु


धादिङ, भदौ २५ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाविस-८ बेनिघाट बजारमा सोमबार बिहान साँढे १ बजे एक ट्रकले रोकिराखेको २ ट्रकलाई ठक्कर दिँदा अगाडि आफ्नै गाडी बनाउँदै गरेका अर्को ट्रकका चालकको च्यापिएर मृत्यु भएको छ।

चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ७३ नम्बरको ट्रकले सडक किनारामा रोकी राखेको ना २ ख ८२८१ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। सो ट्रकभन्दा अघिल्तिर रोकेर व्याकलाइट बनाउँदै गरेको अर्को ट्रक ना ४ ख १२२७ नम्बरको ट्रकलाई समेत ठक्कर दिन पुग्दा चालक बर्दिया नौलापुरका ४३ वर्षीय प्रदेशी थारुको उपचारको क्रममा बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमन्त थापाले जानकारी दिए। ठक्कर दिने ट्रकका चालक भने बिहान सम्म फरार रहेको छन्।
 नागरिक न्यूजमा प्रकाशित 

Posted by Butwalonline on 7:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " रोकिराखेको २ ट्रकलाई ठक्कर दिँदा ट्रकका चालकको च्यापिएर मृत्यु"

Leave a reply