तीजमा सक्रियता बढ्यो प्रबासी नेपाली महिलाहरूको
उत्तम अधिकारी,दुबइ युएइ - २ असोज २०६९ |नारीहरूको महान पर्ब "तीज" ले यतिबेला देश बिदेश सबैतिरका नेपाली महिला दिदि बहिनिहरू सिँगारिएका छन् । रोजगारिका लागि बिदेशिने महिलाहरू दिनानुदिन बढे संगै चाड पर्बमा आ-आफ्नो ठाउँ बाट उनिहरुको सक्रियता पनि बढ्ने गरेको छ । यस्तै सक्रियता देखाएका छन् प्रबासी नेपाली महिला संघ युएइका महिला दिदि बहिनिहरूले । संघकी प्रमुख सिता भुर्तेलको नेत्रित्वमा युएइको शारजाह स्थित प्रबासी नेपाली संघ युएइका केन्द्रिय सदस्य लिलानाथ कंडेलको निवासमा बिभिन्न क्षेत्रमा कार्यरत नेपाली महिलाहरू भेला भै "तीज" को दर खाने कार्यक्रम् हर्सोल्लासका साथ् मनाए । प्रबासमा भोगेका पीडाहरूलाई एक आपसमा बाँडेर मन हलुका पार्दै सूख दु:ख मिश्रीत तीजका भाकामा गीत गाउदै, नाच्दै केही क्षणका लागि मात्रै भए पनि पीर ब्यथाहरू भूलेर खुशि बटुल्न उनिहरु तल्लिन थिए ।
हरितालिका तीजको दिन उपबास सहित निराहार ब्रत बस्ने र त्यस्को अघिल्लो रात "दर" खाने नेपाली परम्परा अनुसार बिदेशमै रहे पनि तीजको धार्मिक - साँस्कृतिक महत्वलाई कायम राख्दै महिला दिदि बहिनिहरूलाई एकताको सुत्रमा बाँध्नको लागि यस पर्बले महत्वपुर्ण भूमिका खेल्ने विश्वाश ब्यक्त गर्दै संघकी प्रमुख सिता भुर्तेलले सामाजिक बिसंगती , महिला हिँसा र असमानताका बिरुद्धमा महिलाहरू एकबद्ध भएर लागि पर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
संघकै सदस्य श्रीमती उर्मिला कंडेलद्वारा आयोजित उक्त कार्यक्रमको बारे बोल्दै श्रीमती कंडेलले तीज महिलाहरूको बिशेष पर्ब भएको र यसले सम्पुर्ण महिलाहरूलाई हरेक अप्ठ्यारा परिस्थितीहरुमा एकबद्ध भएर अघि बढ्न प्रेरित गर्ने भएकोले पनि महिलाहरूले आपसमा भेटघाटका साथ् दु:ख सूख आदान प्रदान गर्दै खुसि सँग यो पर्ब मनाउनु पर्छ र त्यसै उद्देस्यका लागि कार्यक्रम् आयोजना गरिएको जनाउनु भयो ।
मादलुको तालमा बिभिन्न भाकामा खासगरी तीजका गीत गाउदै नाच्दै आधा रात सम्म चलेको उक्त कार्यक्रम "दर" खाए पस्चात समापन गरिएको थियो । कार्यक्रममा प्रबासी नेपाली महिला संघमा आबद्ध लगायत अन्य महिला दिदि बहिनिहरूको बाक्लो उपस्थिती रहेको थियो भने प्रबासी नेपाली संघ युएइका केन्द्रिय उप सचिब गितामणी पाण्डे, संघकै केन्द्रिय सदस्य प्रकाश कोइराला र युबराज भुसाल तथा लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष डी यल शर्माको लगायतको उपस्थिती रहेको थियो ।




