|

कतारमा एक नेपाली युवाको रहस्यमय मृत्यु


दैलेख, भाद्र २० - वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार पुगेका दैलेखका एक युवाको रहस्यमय मृत्यु भएको छ । दोहास्थित कतार बिल्डिङ कम्पनी (क्यिूबिसी) मा कार्यरत रुम गाविस ७ चिउराका २६ वर्षीय जगतप्रसाद जैसी कोठामै मृत अवस्थामा फेला परेका हुन् ।

भदौ १४ गते बिहान साढे ६ बजे उनी कोठामा मृत अवस्थामा फेला परेका थिए । सोही कम्पनीमा कार्यरत सहोदर भतिज दीपक हमालका अनुसार उनी तलब बुझेर घर र्फकने तयारीमा थिए । भिसा स्विकृत भैसकेको थियो । अस्वस्थ पनि थिएनन् । अचानक ओछ्यानमै मृत भेटिए हमालले भने ।

जगतप्रसाद ०६६ साउनमा कतार गएका हुन् । यस अवधिमा उनी बिदामा घर फर्केका थिएनन् । मृत्युको कारण थाहा नपाउादा परिवारमा अनेक शंका उब्जेको छ ।(कांतिपुर दैनिकमा प्रकाशित )

Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " कतारमा एक नेपाली युवाको रहस्यमय मृत्यु"

Leave a reply