|

मृत्युदण्डको सजाय सुनाईएका सुनारको जीवनरक्षाका लागि सहयोग संकलन


बिनोद परियार,बुटवल,२० भदौ । संयुक्त  अरब इमिरेटस युएईको शारजाहमा मृत्युदण्डको सजाय सुनाईएका पर्वत चित्रेका दुर्गाबहादुर सुनारको जीवनरक्षाका लागि रुपन्देहीमा सहयोग संकलन अभियान शुरु भएको छ ।एमबि विश्वकर्माको संयोजकत्वमा १७ सदस्यीय दुर्गा बहादुर सुनार जीवनरक्षा सहयोग समिति गठन गरेर सहयोग अभियान शुरु गरिएको हो ।

नेपाल सुनचादी ब्यवसायि संघ रुपन्देहीको पहलमा आज बुटवलमा बसेको बैठकले सुनारको जीवन रक्षाका लागि समिति गठन गरेर सहयोग जुटाउने निर्णय गरेको हो ।

तीन वर्षअघि सामान्य कुटपीट हुँदा सुनसरीका गणेशहादुर बस्नेतको मृत्यु भएपछि सुनारलाई त्यहाँको अदालतले मृत्युदण्ढको सजायँ सुनाएको छ । विकल्पमा मृतक परिवारलाई सुनार परिावरले रगत वापत  (ब्लड मनी )बुझाउर्ने भएकाले सुनारको जीवनरक्षाका लागि आर्थिक सहयोग संकलनका लागि समिति गठन गरिएको संयोजक एमबि विश्वकर्माले बताउनुभयो । मृतक परिवारलाई ब्लड मनि बुझाएको भन्ने कागजात तयार नभएमा मृत्यु दण्डको सजायँ कार्यान्वयन हुने भएकोले सबैले सुनारलाई मृत्यदण्डबाट जोगाउन सहयोग गरिदिन  संयोजक विश्वकर्माले आग्रह गर्नुभएको छ । उहाका अनुसार भोली दिउसो १ बजेदेखि आर्थिक संकलन गरिने छ ।

दुर्गाबहादुर सुनारका आमा आफनो छोराको जीवन बचाउन केही दिन अघि पर्वतबाट काठमाडौं गएर छोराको जीवन बचाउन आग्रह गरेका छन् । मृतकको परिवारले १०  लाख रुपैयाँ ब्लड मनि मागेपछि सुनारका परिवारजन
समस्यामा परेका हुन ।

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मृत्युदण्डको सजाय सुनाईएका सुनारको जीवनरक्षाका लागि सहयोग संकलन"

Leave a reply