भारती जनता पार्टीको विदेश विभागमा नेपाली महिला चयन
नया दिल्ली असोज ७ -छिमेकी मुलुक भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीको विदेश विभागमा नेपाली महिला चयन भएकी छिन् । भाजपाका बरिष्ठ नेता विजय जोली नेतृत्वको विदेश विभागमा नेपाली महिला निलनी ज्ञवालीलाई चयन गरिएको हो ।
नेपाल प्रतिको दृष्टिकोण भारतमा बसेर निर्धारण गर्न नसकिने र त्यो सही पनि नहुने निष्कर्ष सहित बीजेपीले नेपालको राजनीतिक, सामाजिक र आथिर्क क्षेत्रको ज्ञान राख्ने प्रबुद्ध नेपालीबाट नेपालको सही तस्वीर प्राप्त हुने आशा सहित ज्ञवालीलाई नियूक्त गरेको हो । भाजपाले नेपाल सहित अमेरिका, क्यानडा, बेलायत, नर्वे, जापान र ईजरायल सहितका मुलुकमा बस्ने नागरिकलाई पनि आफ्नो विदेश विभागको टिममा राखेको छ ।
Posted by Butwalonline
on 8:13 PM. Filed under
News,
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response