वैदेशिक रोजगारका लागि नेपाली कामदारको माग बढ्दो
काठमाण्डौं ७ असोज-चालू आर्थिक बर्षका पहिला दुई महिनामा विभिन्न श्रम गन्तव्य मुलकुबाट १ लाखभन्दा बढी नेपाली कामदारको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा मात्रै १ लाख ३ हजार १ सयको माग भएपनि आधामात्रै विदेसिएका छन् । अधिकांश माग मलेसिया र खाडी मुलुकबाट आएको छ ।
साउनमा ५९ हजार ५५ र भदौमा ४४ हजार १ सय १ नेपालीको माग भएको छ । गत बर्ष क्रमशः ३८ हजार ३ सय ९ र २६ हजार २ सय ८९ कामदारको माग आएको थियो । म्यानपावर एजेन्सीले गत आर्थिक बर्षभरिमा भने ४ लाख ८१ हजार ७ सय २३ कामदारको माग ल्याएका थिए ।मलेसियामा अवैध कामदारलाई वैध बनाउने काम सकिएपछि नयाँ कामदारको माग गरिएको हो ।समाचार ऑनलाइन खबर बाट