बिरामीको मृत्यु पछि अस्पतालमा तोडफोड
रौतहट असोज ७ - चिकित्सकको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पतालमा मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।
सर्पको डसाइबाट घाइते भएका रौतहटको झुनखुनुवा गाविस वडा नम्बर ५ का १६ वषिर्य रामेश्वर महत्तोको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा आज बिहान मृत्यु भएको थियो । अहेब सन्जीव मण्डलको लापारवाहीका कारण नै महत्तोको मृत्यु भएको मृतकका आफन्तहरुको आरोप छ ।
घरमै सुतीरहेका बेला आज बिहान २ बजे विषालु सर्पले महत्तोलाइ डसेको थियो । सर्पले डसे लगत्तै उपचारका लागि गौर अस्पतालमा लगिएका महत्तोको बिहान ६ बजे मृत्यु भएको थियो ।
सर्पले डसेको विरामीलाई एन्टी स्नेक भेनम लगाउनुपर्ने भएपनि अहेव मण्डलले उक्त औषधिको प्रयोग नगरेका कारण विरामीको मृत्यु भएको मृतकका दाजु उदय महत्ताले आरोप लगाए ।समाचार ऑनलाइन खबर बाट