|

एनआरएनए एनसीसी कतारको सातौं नियमित पूर्ण वैठक सम्पन्न


क्रान्ति सिंह, २ सेप्टेम्वर २०१२, दोहा कतार-गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको सातौं नियमित पूर्ण वैठक संघका अध्यक्ष अमृत गुरुड।को अध्यक्षतामा ३१ अगष्ट २०१२ शुक्रवारकादिन दोहाको एक स्थानिय होटलको सभाकक्षमा सम्पन्न भएकोछ । संघका महासचिव क्रान्ति सिंंहको संचालनमा सम्पन्न भएको बैठकमा आईसीसी सदस्य तथा कतार प्रतिनिधी अजिजुर रहिमान शेख, एनआरएनए आईसीसी अन्र्तगत प्रमोशन अफ नेपाल अवोर्ड टास्क फोर्स सल्लाहकार दिल किरण्म खजुम, मिडिया एण्ड कम्युनिकेशन टास्क फोर्स सदस्य रबि भट्ट रोषी, एनसीसी सल्लाहकार संयोजक मक्सुद आलम एवं एनसीसी सल्लाहकारहरु क्रमश बिलबहादुर गुरुङ, बिमल सुवेदी र रामहरी गैह्रे तथा एनसीसी पदाधिकारी र सदस्हरुको उपस्थिति रहेको थियो ।

बैठकले संघको गत ६ जुलाई २०१२ मा सम्पन्न भएको छैठौं नियमित पूर्ण वैठक पश्चात भएका विभिन्न गतिविधिहरु तथा आईसीसीका निर्देशनहरुको जानकारी गराउदै त्यस अवधिमा तीनवटा सचिवालय वैठकले गरेका निर्णयहरुलाइ सर्वसम्मत अनुमोदन गरेको छ । गत १३ जुलाई २०१२ शुक्रवारका दिन नेपाल सरकारका सम्वन्धित निकायका उच्च पदस्थ व्यक्तित्वहरुको समुपस्थितीमा सम्पन्न भएको वैदेशिक रोजगार सम्बन्धमा वृहत अन्र्तकृया कार्यक्रम दोहाको परिवेशमा ऐतिहासिक एवं अत्यन्तै उपलव्धिमूलक भएको ठहर गर्दै उक्त कार्यक्रम सफलता पूर्वक संपन्न गर्न सहयोग गर्नुहुने नेपाली नियोग परिवार, संपूर्ण संघ संस्था, सामाजिक व्यक्तित्वहरु एवं पत्रकारहरु प्रति धन्यवाद ज्ञापन प्रस्ताप पारित गरेको छ ।

विगतमा भएका कार्यक्रमहरुको समिक्षाकै क्रममा गैर आवासीय नेपाली संघको साझा सपना सामूहिक लगानीको अभियानलाई सफल कार्यान्वयनमा लिनको लागि गत १७ अगष्ट २०१२ मा सम्पन्न सामुहि लगानी सम्वन्धी वृहत अन्र्तक्रिया कार्यक्रमको समिक्षा गर्दै यसलाई अझ प्रभावकारी ढंगबाट अगाडी वढाउन सक्दो प्रचार प्रसार गरी कतारमा कार्यरत संपूर्ण गैर आवासीय नेपालीहरुलाई लगानीको लागि आव्हान गर्ने निर्णय लाई अनुमोदन गरेको छ । नेपाली कला र संस्कृतिको विविधतालाई एनआरएनको विश्व सञ्जाल मार्फत अझ उत्कृष्ठ तवरले जगेर्ना गर्दै निरन्तरता दिनको लागि कतारमा विगत दुई वर्ष देखि तमु साँस्कृतिक परिवारले आयोजना गर्दे आएको गैर आवासीय नेपाली तारा कार्यक्रम यस पटक स्वयं गैर आवासीय नेपाली संघको आयोजनामै गर्ने निर्णय गरेको छ । यस कार्यक्रमको परिकल्पना र संचालन गर्दै आईरहेको तमु साँस्कृतिक परिवार र गैर आवासीय नेपाली संघ बिच केहि आपसी समझदारी सहित तमू साँस्कृतिक परिवार लाई आगामी वर्षहरुमा सम्पन्न हुने गैर आवासीय नेपाली तारा कार्यक्रमहरुमा विशेष सहयोगी संस्थाको रुपमा राख्ने पनि निर्णय गरेको छ । यस वर्षमा सम्पन्न हुने गैर आवासीय नेपाली तारा तेस्रोको कार्यक्रम तालिका आवश्यक गृहकार्य पश्चात अविलम्व सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसै गरि कतारमा रहेका संपूर्ण नेपाली सामाजिक संघ संस्थाहरु विचको आपसी सहकार्य र समन्वयको अत्यन्तै आवश्यक रहेको ठहर गर्दे आगामी अक्टोवर ५ तारिख २०१२ शुक्रवारका दिन एक दिने गोष्ठी कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै सोही प्रस्तावित कार्यक्रमको प्रवृति तथा प्रकृयाहरुको वारेमा वृस्तृत जानकारी सहित स्थान र समयको जानकारी संघ संस्था एवं वुद्धिजीविहरु समक्ष सार्वजनीक गर्न  संघका प्रथम उपाध्यक्ष एवं संघ संस्था समन्वय उप समिति संयोजक गुरु नारायण रानाभाटलाई जिम्मेवारी दिएको छ ।

नेपालीहरुका महान पर्वहरु विजया दशमी, शुभ दीपावली एवं छठ पर्व र गैर आवासीय नेपाली दिवसलाई संयुक्त रुपममा मिति समय र स्थान पछि तोक्ने गरी भव्य रुपमा मनाउने निर्णय गरेको छ ।  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको आगामी दोस्रो परिषद् भेला आयोजना स्थानिय वस्तु स्थिती र व्यवाहारिकतालाई समेत मध्य नजर गर्दे संपूर्ण तयारी गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ । भर्खरै मात्र विगतमा नेपालमा भएका दुई ठूला दैवि प्रकोपहरु कास्की वाढी र सिराहा आगलागीमा गैर आवासीय नेपाली संघको तर्फबाट उल्लेख्य रुपमा सहयोग संकलन गरि उक्त दैवि प्रकोपमा परेका पिडितहरुलाई राहत संकलन गरि पठाईएको थियो । राहत संकलन कार्यमा सहयोग गरी उक्त कार्यलाई सफल वनाईदिनुहुने संपूर्ण सहयोगी हातहरु प्रति आभार प्रकट गर्दै राहत संकलनमा नेतृत्व गर्नुहुने सल्लाहकार संयोजक मक्सुद आलम एवं सल्लाहकार बिलबहादुर गुरुङ प्रति विषेश धन्यवाद प्रस्ताव पारित गरेको छ । त्यसै गरि स्थानीय कम्पनीमा कार्यरत दाङ जिल्ला स्थायी निवासी श्री लाल सिंह घर्तिलाई उनि कार्यरत कम्पनीवाट आवश्यक न्यूनतम सुविधा पनि नदिएको र उक्त समस्याको पहिचान र समाधानको प्रक्रिया नेपाली नियोगले हेरी रहेको अवस्थामा तत्कालको लागि राहत स्वरुप केही आर्थिक सहगोग गरेको छ । विगत लामो समय देखि यस कतारमा स्वतन्त्र पत्रकारको रुपमा पत्रकारिता गरिरहनु भएका पत्रकार रबि भट्ट रोषीलाई उहाँको पत्रकारितामा सहजता ल्याउनको लागि केही आर्थिक सहयोग गरेको छ । गैर आवासीय नेपाली संघको लामो प्रयास पश्चात मिति २०६९।०४।०४ मा नेपाल सरकारको उप प्रधानमन्त्री तथा प्रराष्ट्र मन्त्री स्तरीय विदेश स्थित संपूर्ण मिशनहरुमा एनआरएन डेस्क राख्ने निर्णलाई स्वागत गर्दे कतार स्थित नेपाली नियोगमा गैर आवासीय नेपाली नागरिक सम्वन्धी फोकल प्वाईन्टको रुपमा नेपाली नियोगका द्धितीय सचिव श्री जय बहादुर राईलाई तोकिएको २१ अगष्ट २०१२ मा प्राप्त नेपाली नियोगको औपचारिक जानकारी पत्र वैठकमा वाचन गरी संपूर्ण गैर आवासीय नेपाली हरुलाई गैर आवासीय नेपालीका विषयहरुमा दूतावासमा संपर्क गर्न परेमा फोकल प्वाईन्टका लागि तोकिएका अधिकारी संग संपर्क गर्न सवैमा जानकारीका लागि अनुरोध गरेको छ ।

अन्त्यमा निकै सौहार्दपूर्ण वातावरण र व्यापक छलफलका साथ वैठक सम्पन्नभएकोमा सवै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष अमृत गुरुङले वैठक समापन भएको जानकारी गराएका थिए ।

Posted by Butwalonline on 7:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरएनए एनसीसी कतारको सातौं नियमित पूर्ण वैठक सम्पन्न"

Leave a reply